विप्लव नेतृत्वको नेकपाका जेलमा रहेका नेता कार्यकर्तालाई भेट्न नदिएको आफन्तको दावी

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जेल र हिरासतमा नेता–कार्यकर्तालाई आफन्तसँगको भेटघाट गर्न नदिएको आफन्तले बताएका छन् ।

हाल नख्खु कारागारमा रहेका नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र केन्द्रीय सदस्य माइला लामासँग उनीहरूका आफन्ते भट्न खोज्दा नपाएको बताइएको छ ।

भेटघाटकालागि कारागारमा पुगेका आफन्तहरूलाई प्रहरीले ओली र लामाका आफन्त भनेपछि माथिको आदेश भनेर गेटबाटै फर्काइदिने गरेको छ ।

परिवार तथा आफन्तलाई समेत सहजरूपमा भेटघाट गर्न नदिएको भन्दै उनीहरूका परिवारले आपत्ति जनाएका छन् ।

माइला लामाकी पत्नी मनु तामाङले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै माइलाको भेटघाटमा गएका आफन्तलाई समेत माथिको आदेश भन्दै भेट्न नदिएको उल्लेख गर्नुभएको छ ।

छोरी र आफन्तहरू नेता लामालाई भेट्न नख्खु जेलमा गएका थिए । तर प्रहरीले माथिको आदेश भन्दै छोरीलाई समेत भेट्न नदिएर जेलको गेटबाटै फर्काएपछि मनुले मार्मिक शब्दमा फेसबुकमा छोरीको तस्बिर पोस्ट गर्दै लेख्नुभएको छ, ‘आज यिनले आफ्नो बाबालाई भेट्न माथिको आदेश कुर्नुपर्ने ? यिनका के दोष थिए र प्रचण्ड महोदय ! के बन्द पर्खालभित्र यिनले आफ्नो बाबालाई बम र गोली पु¥याउलान् र ? वाह !.. प्रचण्ड ! तिम्रो गणतन्त्र !’

यस्तै हेमन्तप्रकाश ओली ‘सुदर्शन’की श्रीमती अम्बिका चन्दओलीले पनि आफूलाई सुरुसुरुमा जाँदा प्रहरीले दुव्र्यवहारसमेत गरेको बताउनुभएको छ । सुरुसुरुमा जाँदा त गेटका प्रहरीले जान नदिने मात्र होइन, निकै हप्कीधप्की गरेको उनको भनाइ छ ।

ओली र लामाजस्तै अन्य आस्थाका बन्दीहरूलाई पनि प्रहरीले जेलमा सहज रूपमा भेट दिने गरेको छैन । श्रीमती, आमा, बुबा र छोराछोरीलाईसमेत नाता प्रमाणित गरेको कागज चाहिन्छ भनेर भेट्नकालागि निकै दुःख दिने गरेको बन्दीका परिवारहरूको भनाई छ ।

Facebook Comments