सहकारी संस्थाले उत्पादनको क्षेत्रमा लगानी गर्नुपर्छः मन्त्री यादव

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले सहकारी संस्थाहरुले उत्पादनका क्षेत्रमा लगानी गर्नुपर्ने बताउनुभएको छ ।

पोखरामा सिलिड्डे कृषि उत्पादक सहकारी संस्था लि.को ११ औं बार्षिक साधरणसभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले बैंकको तुलनामा सहकारीले साना उद्योग व्यवसाय सञ्चालन गर्न चाहनेलाई सहज ऋण प्रवाह गरेर महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।

सहकारीका सदस्यहरु आफैंले लगानी गर्ने तथा आफैैले ऋण लिने र आफ्ना समस्या टार्ने अवस्था रहेको बताउनुभएको छ ।

मन्त्री यादवले सहकारीले आफ्नै लगानीबाट ठूलो उत्पादन गरेमा राज्यलाई सहयोग हुने बताउनुभएको छ ।

उहाँले कच्चा पदार्थ र प्रविधिको पक्षमा सरकारका तर्फबाट सहयोग गर्ने मन्त्री यादवको प्रतिबद्धता थियो ।

सहकारीले आह्वान गरेर सदस्यहरुको घर घरमा उत्पादन गरेर बजारीकरण गर्न सक्ने मन्त्री यादवको सुझाव थियो ।

देशको आवश्यकता अनुसार उत्पादनको क्षेत्रमा अगाडि बढ्नुपर्ने मन्त्री यादवले उल्लेख गर्नुभयो ।

Facebook Comments