माउण्ट कैलाश रिसोर्टले ल्यायो दशै तिहारको अबसरमा छुटै छुटको अफर
पोखराको प्रतिष्ठित माउण्ट माउन्ट कैलाश रिसोर्टले नेपालीहरुको महान पर्व विजयादशमी तथा दिपावलीको अबसरमा भारी छुटको अफर ल्याएको छ ।
रिसोर्टले दशै तिहारको विचमा सवै जना घुम्न आउने तर राम्रो रिसोर्टमा बस्दा बढि खर्च लाग्छ होला भन्ने अधिकासंको सोचाई हुने भएकोले अफर ल्याएको जनाएको छ।
रिसोर्टले एक जनाले तिनदिन दुईरात रिसोर्टमा बसेर फुल बे्रकफाष्ट ,माउण्ट कैलाश संगै रहेको औराबारमा निशुल्क लाईभ म्युजिकको ब्यवस्था , एक घण्टा फेवातालमा डुङा सयरको ब्यवस्था सहित मात्रै ८हजार प्रति ब्यक्ति रकम तोकेको छ ।माउण्ट कैलाश रिसोर्ट प्रा.लिका अध्यक्ष नरेश भट्टराईले १० जना सम्मको ग्रुपमा आउनेलाई निशुल्क पोखराको कुनै एक स्थानको दृश्यावलोकनको ब्यवस्था रहेको जानकारी दिनु भयो ।

उक्त रिसोर्टमा सुविधासम्पन्न ५१ओटा कोठा छन् ।रिसोर्टमा अहिले तीन ओटा अपार्टमेन्ट छन् । पर्याप्त पार्किङ तथा स्वीमिङपुलको सुविधा रहेको रिसोर्टले फोर स्टार सरहको सेवा प्रदान गर्दै आएको भट्टराईले जानकारी दिनु भयो । माउण्ट कैलाश रिसोर्टले विभिन्न अवार्ड जित्न सफल भएको छ । फ्रान्सको राजधानी पेरिसमा ‘वर्ल्ड क्वालिटी कमिटमेन्ट अवार्ड गोल्ड क्याटेगोरी’ प्राप्त गरेको रिसोर्टले बेलायतबाट ‘बेस्ट इन्टरप्राइजेज अवार्ड’ प्राप्त गरिसकेको छ ।

रिसोर्टले ‘म्यानेजर अफ द इयर मेडल’ समेत जितेको छ । ‘रिसोर्ट राष्ट्रिय तथा अन्तरराष्ट्रिय विभिन्न अवार्ड जित्न सफल छ,’ पोखरामा आयोजना हुने विविध कार्यक्रमका लागि पनि रिसोर्ट पहिलो रोजाइमा पर्ने गरेको छ । माउण्टकैलाश रिसोर्टले सामाजिक उत्तरदायित्वको क्षेत्रमा विभिन्न ठाउँमा सहयोग गर्दे आएकोछ । माउण्ट कैलाश रिसोर्टले ग्रामिण पर्यटन प्रवद्र्धनमा समेत सहयोग गर्दे आएको छ । पछिल्लो समय स्वदेशी देखि विदेशी सवैको रोजाई माउण्ट कैलाश रिसोर्ट बन्दै गएको छ ।

