डिपिएलका लागी राम्रो पारिश्रमिक सहित खेलाडी अनुबन्धित
धनगढी प्रिमियर लिग डिपिएलका लागि राम्रो पारिश्रमिक सहित खेलाडीहरु अनुबन्धित भएका छन् । धनगढी प्रिमियर लिग टि–२० क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणको खेलाडी बोलकबोल (अक्सन) मा ६ खेलाडीमा सर्वाधिक मुल्य लागेको छ । रुपेन्देही च्यालेन्जर्सले ललितसिंह भण्डारी र विनोद भण्डारीलाई २ लाख ५० हजार मुल्य हालेको छ ।
यस्तै आरिफ सेखलाई महेन्द्रनगर यूनाइटेडले, ललितनारायण राजवंशीलाई काठमाडौं किग्सले, पवन सर्राफलाई धनगढी स्टार्सले र भीम सार्कीलाई गोलाप्रथाबाट रुपेन्देहीले २ लाख ५० हजार रुपैयाँमा बाजी मारेका हुन् ।
यी बाहेक प्रदीप ऐरीलाई रुपेन्देहीले नै २ लाख ४० हजार हालेको छ । सन्दीप जोरालाई सिवासी अत्तरियाले २ लाख ३० हजारमा अनुबन्ध गरेको छ । माघ २७ गतेबाट धनगढीमा हुने प्रतियोगिताका लागि धनगढी स्टार्स, सिवाइसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाइटेड, काठमाडौँ गोल्डेन र विराटनगर किंग्सले २ सय ५ खेलाडीमा बोली लगाउदैछन् ।
धनगढी स्टार्सका रणनीतिक खेलाडी सोमपाल कामी हुन् । विराटनगर किंग्सका करण केसी, महेन्द्रनगर यूनाइटेडका सरद भेषवाकर, सिवासी अत्तरियाका दिेपन्द्र सिंह ऐरी, काठमाडौं गोल्डेन्सका ज्ञानेन्द्र मल्ल तथा रुपन्देही च्यालेन्जर्सका बसन्त रेग्मी रणनीतिक खेलाडी हुन् ।
प्रतियोगिता आगामी माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीमा आयोजना हुनेछ । प्रतियोगिताका सम्पूर्ण खेल धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुनेछन् । टी–२० आधारमा सञ्चालन हुने प्रतियोगितामा १९ खेल हुनेछ ।

