३२ साना दलसंग मोर्चा बन्दी – नेपाली काँग्रेस विपि
नेपाली काँग्रेस विपिले साना दलहरुवीच मोर्चाबन्दी गर्ने भएको छ । सो पार्टीका महामन्त्री तथा पुर्व मन्त्री शुशिलमान शेरचनले साना दलहरु वीच मोर्चा वनाउन सुरु गरिएको बताउनुभयो । पुुर्व राजा ज्ञानेन्द्र शाहसंग समसामयिक राजनीतिक विषयमा छलफल गर्न पोखरा आउनुभएका महामन्त्री शेरचनले आईतबार पत्रकार भेटघाट कार्यक्रममा यस्तो जानकारी दिनुभएको हो ।
शेरचनले राजसंस्था सहितको प्रजातन्त्र स्थापना गराउँन नेपाली काँग्रेस विपि पार्टी स्थापना गरिएको पनि स्पष्ट पार्नुभयो । नेपाली काँग्रेसको वर्तमान नेतृत्व संस्थापक नेता विपिको सिद्धान्तलाई कुल्चेर राष्ट्र र जनताको भावनाको विपरित अगाडि बढेको शेरचनको आरोप रहेको छ । काँग्रेसमा व्यक्तिवादी सोच हावी भएकोले पनि आफूहरुले नेपाली काँग्रेस विपिको स्थापना गरेको उहाँको भनाई छ ।
शेरचनले विपि काँग्रेसको संगठनको वारेमा गरिएको प्रश्नमा जिल्ला समितिहरु, नेवि संघ, नेपाल तरण दल स्थापना गरिसकेको वताउँदै माघदेखि नै देश भरि संगठन विस्तार गर्ने पार्टीको योजना रहेको उल्लेख गर्नुभयो । नेपाली काँग्रेस विपि कास्की सभापति चन्द्रबहादुर रानाभाटको अध्यक्षतमा कार्यक्रम भएको थियो ।

