कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै
नेपाली कांगे्रसको केन्द्रीय समितिको बैठक आज बस्दैछ । सभापति शेरबहादर देउवाले आज बस्ने केन्द्रीय समिति बैठकमार्फत पार्टिका कार्यसम्पादन समिति गठन गर्ने तयारी गर्नुभएको छ । सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहविच हिजो कार्यसम्पादन समिति बनाउने विषयमा सहमति जुटेपछि आज बस्ने बैठकमार्फत सभापति देउवाले समिति गठन गर्न लाग्नुभएको हो ।
बैठकमा संसदीय बोर्ड गठन, केन्द्रिय विभागका संयोजक चयन लगाएका विषयमा छलफल हुन सक्ने केन्द्रिय सदस्य रमेश रिजालले जानकारी दिनुभयो । यस्तै कांग्रेसले नयाँ वर्ष २०७६ लागेसँगै देशव्यापी जागरण अभियान चलाउने तयारी पनि गरेको छ । प्रस्तावित कार्यक्रम अनुसार मध्य बैशाखबाट सुुरु हुने जागरण अभियान तीन चरणमा हुनेछ र वर्षभर चल्ने बताईएको छ ।
Facebook Comments

