जोलोजिकल पार्क पर्यटनको नयाँ गन्तब्य:सभापति कोइराला

गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला (रुपक)ले युनाइटेड क्लब समेतको सक्रियतामा लेखनाथको पचभैया क्षेत्रमा निर्माणधिन जोलोजिकल पार्क पर्यटकको लागि नयाँ गन्तब्य बन्ने बताउनु भएको छ ।

शनिबार पोखरामा युनाइटेड क्लबको दशौ वार्षिक साधारण सभाको उद्घाटन गर्दे कोइरालाले सो कुरा बताउनु भएको हो ।

उहाँले कम्पनी दर्ता गरेर मानव निर्मित चिडियाखाना बनाउन शुरु गरेको भन्दै केही ब्यक्तिले विरोध गरेपछि आफुले त्यस बारे मसिनो गरि हेरेको बताउनुभयो ।

उहाँले कम्पनी भएपनि नाफा रहित कम्पनी दर्ता भएकोले विकासको लागि कसैलेपनि विरोध गर्न नहुने बताउनुभयो ।

उहाँले अहिले प्रदेश सरकारमा छिमेकी जिल्ला तनहुँमा जोलोजिकल पार्क निर्माण गर्नु पर्छ भन्ने प्रसंग चलेको भन्दै उहाँले प्रदेश सरकार पचभैया क्षेत्रमै जोलोजिकल पार्क निर्माण गर्ने पक्षमा स्पष्ट रहेको बताउनुभयो ।

कास्की प्रहरी प्रमुख दानवहादुर कार्कीले क्लबले राम्रो उद्देश्य राखेर कार्यगरेकोले क्लबले समाजमा राम्रो कार्य गर्न सफल भएको बताउनुभयो ।

आफुले क्लबमा को को हुनहुन्छ नचिने पनि क्लबले भने समाजले चिन्नेकाम गरेको भन्दै प्रसंसा गर्नुभयो ।

क्लबका अध्यक्ष लालकाजी गुरुङले क्लबले शिक्षा स्वास्थ्य,खेलकुद ,चिडिखाना र सेती संरक्षणको क्षेत्रमा काम गर्दे आएको बताउनुभयो ।

उहाँले क्लबले मात्रै चिडिखाना निर्माणको लागि ५५ लाख खच छुट्टाई सकेको बताउनुभयो । कार्यक्रममा पोखरा महानगरपालिका वडानं १२का अध्यक्ष राम बहादुर कार्की, क्लबका निबर्तमान अध्यक्ष सुक बहादुर गुरुङ, क्लबका सल्लाहकार क्याप्टेन फत्तेबहादुर गुरुङ, सहारा क्लब पोखराका अध्यक्ष केशव थापा, क्लबका प्रथम उपाध्यक्ष राजु श्रेष्ठ ,महासचिव शान्त बहादुर थापा लगायतले क्लबले दशौ बर्ष सम्म आईपुग्दा गरेको कार्यहरुको चर्चा गर्नुभएको थियो ।

Facebook Comments