पाेखराकाे माटेपानी गुम्बा संरक्षणकाे पर्खाइमा
पाेखरा महानगरपालिकामा रहेकाे माटेपानी गुम्बा जाेखिममा परेकाे भन्दै संरक्षणका लागि पहल गर्नुपर्ने भएकाे छ ।
गुम्बाका प्रमुख नेदोंन रिम्पोंचेले उक्त गुम्बा सम्पूर्ण पोखरेलीहरुको चिनारी भएकाले पनि उचित संरक्षणका लागि पहल गर्न सराेकारवालासँग अनुराेध गर्नुभएकाे छ ।
प्राविधिकहरूकाे एक टाेलीसँगकाे भेटमा मनाङ्गे गुम्बा भनेर समेत चिनिने माटेपानी गुम्बाका प्रमुख रिम्पोंचेले गुम्बाको भौतिक संरचना नाजुक अवस्थामा भएको जानकारी गराउनुभएकाे हाे ।
२०७२ सालको भूकम्प अनि सडक विभागले २०७४ सालमा सडक बिस्तार गर्ने क्रममा पहिरो जादा, माटेपानी गुम्बामा असर पुगेको थियो ।

त्यति बेला गुम्बाको भौतिक संरचनामा के कति असर पुगेको र कसरी समाधान गर्न सकिन्छ भनि गुम्बाको तर्फ बाट प्राविधिक नारायण गुरूङलाई अध्ययन गर्ने जिम्मा दिएको थियो ।
त्यतिबेला मुख्य गुम्बा भित्रको भित्ता मात्र चर्केको थियो अर्थात् त्यहाँ त्यो Non structural damage भनेर रिपाेर्ट दिइएकाे थियो l

करिब २ साल पछि अहिले, पहिरो गएको ठाउमा सडक विभागले रिटेनिङ वाल बनाएर पहिरो रोकथामकाे प्रयास गरिएकाे छ । तर मुख्य गुम्बा भित्र भने संरचना जाेखिमयुक्त बनेकाे छ ।

जमिन समेत करिव २ इञ्च तल धस्सीएकाे र गुम्बा भित्रको विम र स्लाव करिब १ इन्च जत्ति नै चर्केर फाटिएको इ. गुरूङले जानकारी दिनुभयाे ।
साथै उहाँले गुम्बा पुरै भत्काएर फेरी शुरु बाटै नयाँ बनाउने वा गुम्बालाई Structural Retrofitting (सबलीकरण) गरेर मर्मत गर्ने विकल्प सुझाउनुभएकाे छ ।

२०७२ सालको भूकम्प पश्चात् सरकारी स्तर बाट जसरी घरहरुको अनुगमन गरी बस्ने नहुने घरलाई रातो स्टीकर टासेर खाली गर्न लगाइन्थ्यो, मेरो हिसाबमा माटेपानी गुम्बाले पनि रातो स्टीकर पाइसकेको अवस्था रहेकाे इ.गुरङकाे भनाइ छ ।
उहाँले गुम्बाकाे अवस्थाप्रति पाेखरा महानगरपालिका, भूकम्प प्रबिधि रास्ट्रिय समाज नेपाल राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ ।
तस्वीर नारायण गुरूङकाे फेसबुकबाट

