शिवम् सिमेन्टले १२० जनालाई गोसाइकुण्ड लैजाने
शिवम् सिमेन्टले १२० जनालाई हेलिकोप्टर मार्फत् गोसाइकुण्ड लैजाने भएको छ । शिवम् ले ‘लक्ष्मी हातमा, देव दर्शन शिवम् काे साथमा’ उपभोक्ता योजना अन्तर्गत चौथो चरणको ६० भाग्यशाली कुपन विजेता मार्फत १२० जनालाई काठमाण्डौं गोसाईकुण्ड, गोसाईकुण्ड काठमाण्डौं यात्रा गराउन लागेको हो ।

बिहीबार पोखरामा आयोजित लक्की ड्र मार्फत विजेताहरु घोषणा गरिएको हो । यसअघि काठमाडौँ, हेटौडा र जनकपुरमा भएको लक्की ड्र मार्फत ३६० विजेताहरु छनौट गरिएको थियो । जसमध्ये अधिकांशले हेलिकप्टर मार्फत गोसाइकुण्ड देवदर्शन गरिसकेका बताइएको छ ।
यस योजना अन्तर्गत हालसम्म २४० कुपन मार्फत् ४८० जना छनौट भइसकेको कम्पनीले जनाएको छ । योजना अवधिमा १२० कुपन मार्फत् २४० जनाका लागि गोसाइकुण्ड यात्रा जित्ने मौका रहेको समेत कम्पनीले बताएको छ ।
Facebook Comments

