क्यान इन्फोटेक २०१९ जारी, प्रदेशस्तरीय टाइपिङ प्रतियोगिताको उपाधि अधिकारीलाई
पोखरामा क्यान इन्फोटेक २०१९ जारी रहेको छ । इन्फोटेक अन्तर्गत प्रदेशस्तरीय टाइपिङ प्रतियोगितामा कास्कीकी तारादेवी अधिकारी प्रथम हुनुभएको छ । प्रतियोगितामा तनहुँका विकल श्रेष्ठ द्वितीय र नवलपुरका सागर भुसाल तृतीय हुन सफल हुनुभएको छ ।
बिहीबारै भएको कास्की जिल्ला स्तरीय प्रतियोगितामा तारादेवी अधिकारी प्रथम, सोनिया पोखरेल द्वितीय र सुजन मजाकोटी तृतीय भएको आयोजक क्यान कास्कीका अध्यक्ष युवराज पौडेलले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि क्यान गण्डकी प्रदेशका अध्यक्ष चिन्तामणि बास्तोला, क्यान कास्कीका सचिव विकास भुर्तेल निर्णायक दीपकराज गिरी, कार्यक्रम संयोजक महेन्द्र भुर्तेल लगायतले सम्बोधन गर्नुभएको थियो । पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा फागुन २० गतेबाट शुरु भएको इन्फोटेक २५ गते शनिबारसम्म चल्नेछ ।
इन्फोटेकको मुख्य प्रायोजन भायानेटले गरेको छ । इन एसोसिएसन विथमा आइ।एम।ई पे, सपोेर्टेड बाइमा कंगारु एजुकेसन, डाइमन्ड स्पोन्सरमा डिजिकम र जेरक्स, होटल पार्टनरमा होटल मुनस्टोन, एजुकेसन सपोर्टमा ओम डेभलपमेन्ट बैंक र इन्फरम्याटिक्स कलेज, इन्स्योरेन्स पार्टनरमा प्रभु इन्स्योरेन्स, आइटी सेक्युरिटी पार्टनरमा टिपी लिंक टे«डर्सले साथ दिएको छ ।

