विकास निर्माणमा राजनीति नगरौं : मन्त्री अर्याल

घनश्याम पाण्डेय

भुमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले बिकास निर्माणमा राजनिति गर्न नहुने बताउनुभएको छ । स्याङजाली सम्पर्क सदन पोखराले आयोजना गरेको नयाँ बर्षको शुभकामना आदान प्रदान, २०७६ सालको भित्तेपात्रो लोकार्पण तथा रमाईलो बनभोज कार्यक्रममा बोल्दै मन्त्री अर्यालले यस्तो आग्रह गर्नुभएको हो ।

उहाँले स्याङजाको हरेक क्षेत्रको बिकासका लागी पोखरामा आइ बसेका सबैले आ आफ्नो ठाँउबाट सहयोग गर्नुपर्ने बताउनुभयो । ‘विकासमा राजनिति नगरौ जुन पाटीसंग आबद्ध भएपनि हिलो छ्याप्ने काम नगरी सबै मिलेर बिकासमा जुट्नुपर्ने हुन्छ, हामी स्याङ्गजाली कुनै कुरामा पछाडी छैनौ बौद्धिक स्तरमा मा अगाडी नै छौ, यो हाम्रो लागी सम्पत्ती हो यसमा हामीलाइ गर्व छ, मन्त्री अर्यालले भन्नुभयो, ‘कर्मथलो बनाएर पोखरा लगायत अन्य ठाँउमा गएर बसोबास गरेपनि आफ्नो गाँउ ठाउँलाइ भुल्न हुँदैन ।’

मन्त्री अर्यालले स्याङजाको माटोले के खोजको छ र स्याङजालाइ कसरी चिनाउन सकिन्छ भन्ने तर्फ सबैले पहल गर्र्नुपर्ने बताउनुभयो । स्याङ्गजाका ११ बटै स्थानीय तहमा बिकास कृषि, पर्यटन जलश्रोतको क्षेत्रबाट योजनाबद्ध रुपले विकास र समृद्धितर्फ अगाडि बढ्नुपर्ने मन्त्री अर्यालको भनाई थियो ।

कार्यक्रममा गण्डकी प्रदेश सांसद मिनप्रसाद गुरुङले स्याङजालीले गर्न नसक्ने कुनै काम नरहेको बताउदै स्याङ्जाली सम्पर्क सदनलाई शुभकामना व्यक्त गर्नुभयो । सदनका अध्यक्ष लिलाप्रसाद पंगेनीले स्याङजाली सम्पर्क सदनलाइ यस अवस्थामा ल्याउन सबैको साथ सहयोग रहेको बताउनुभयो । सदनका संस्थापक अध्यक्ष राम प्रसाद श्रेष्ठले २०५१ सालमा संगठीत भइ आएको संस्थालाइ २५ वर्षमा हालसम्म ल्याउन सफल रहेकोमा खुशी ब्यक्त गर्नुभयोे ।

कार्यक्रममा लोकदोहोरी गायक पुरुषोत्तम न्यौपाने, घनश्याम रिजालले साँगीतिक प्रस्तुति मार्फत् सहभागीहरुलाई मनोरञ्जन प्रदान गर्नुभएको थियो । सोही अवसरमा घैटो फुटाउने, राम्रो नृत्य गर्नेलाई पुरस्कार समेत प्रदान गरिएको थियो भने संस्थालाई सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा आँधिखोला गाउँपालिका अध्यक्ष सुधिर पौडेल, सञ्चारकर्मी बिमला भण्डारी, संस्थाका उपाध्यक्ष लालीमाया रेग्मी, महासचिव धर्मराज अर्याल, सचिव गोबिन्द काफ्ले लगायतले बोल्नुभएको थियो । विभिन्न पेशामा आबद्ध भइ जन्मथलोबाट कर्म थलो बनाएर बसेका स्याङजालीको उपस्थिती रहेको थियो । २०५१ सालमा स्थापना भएको संस्थाले सामाजिक क्षेत्रमा बिभीन्न कार्यक्रम गर्दै आएको

Facebook Comments