माछापुच्छ्रे ४ भिरकटेराका स्थानीय विधुत प्राधिकरणसँग रूष्ट

कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं ४ भिरकटेराका स्थानीय विद्युत प्राधिकरणसँग रुष्ट भएका छन् । मोदी लेखनाथ १३२ केभी प्रशारण लाईनको सवस्टेशबाट पोखरा विद्युत लैजान प्रशारण लाईन विस्तारको क्रममा स्थानीयको जग्गा अधिग्रहण गर्ने अपारदर्शी र समन्वय नगरिकन काम अघि बढाईएकोमा उनीहरु आन्दोलित भएका हुन् ।

स्थानीयहरुले संघर्ष समिति गठन गरेर निर्माणाधिन सवस्टेशनमा ताला लगाएर काम रोक्ने लगायतका आन्दोलनका कार्यक्रम अघि बढाउने भएका हुन् । आज पत्रकार सम्मेलन गरेर उनीहरुले आफ्नामागहरु सुनुवाई नभए स्वस्टेशनमा ताला लगाएर अरु काम अघि बढ्न नदिने घोषणा गरे ।

समितिका अध्यक्ष शरदचन्द्र ढकालले तीव्र रुपले बस्ती विस्तार भइरहेको क्षेत्रबाट प्रसारण लाईन लैजादा आफूहरुको सुरक्षामा समेत खतरा भएको र खेतीयोग्य जमीन नोक्सान भएकोले सच्चाउन माग गरिएको र नभए सवस्टेशनमा ताला लगाउने चेतावनी दिनुभयाे ।

व्वडा कार्यालय, गाउँपालिका,जिल्ला प्रशासन र जिल्ला समन्वय समितिमा पत्राचार गरेर आफ्ना विषयहरु राख्दा समेत सुनुवाइ नगरी एकतर्फी रुपमा पीडितहरुलाई गुमराहमा राखेर जग्गा अधिग्रहणको लागि मिति विनाको सूचना टाँस गरिएको ढकालको भनाई छ ।

उहाँले भन्नुभयाे,‘हामी विकास विरोधी होइनौँ तर वातावरणीय प्रभाव मुल्याङ्कन र स्थलगत अध्ययन नगरी सार्वजनिक सुनुवाई विना एउटा कोठामा बसेर गरिएको सर्वेक्षण हामीलाई किमार्थ स्विकार्य छैन। उक्त सर्वेक्षमण तुरुन्त परिर्वतन गरियोस्।’

वडाध्यक्ष पूर्णबहादुर शाहीले आयोजनाले प्रशारण लाईन विस्तार लगायतका काम अघि बढाउँदा वडा कार्यालयसँग कुनै समन्वय नगरेको बताउनुभयाे । स्थानीयले उठाएका मागहरु जायज रहेको बताउँदै शाहीले विकास पनि हुने जनतालाई मर्का पनि नपर्ने गरी काम अघि बढाईनुपर्ने उहाँकाे भनाइ थियाे ।

Facebook Comments