भारतकाे नयाँ नक्साकाे विराेधमा विद्यार्थीकाे प्रदर्शन

भारतले नेपाली भूभाग सहितकाे फाेटाे सार्वजनिक गरेपछि साे काे विरोधमा विद्यार्थीहरुले प्रदर्शन जारी राखेका छन् ।

शुक्रबार सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टीले काठमाडौंस्थित भारतीय दूतावासकाे अगाडि विराेध प्रदर्शन गरेकाे छ ।

शुक्रबार नै नेविसंघ लगायतका अन्य विद्यार्थीहरु संगठनले पनि लैनचौरमै प्रदर्शन गरेका थिए । संयुक्त विद्यार्थी आन्दोलनको ब्यानरबाट गरिएको प्रदर्शनमा सहभागीहरुले भारतको विवादित नक्सा जलाएका थिए ।

शुक्रबार बिहान नै नेविसंघले राजधानीका विभिन्न क्याम्पश अगाडि समेत विरोध प्रदर्शन गरेको थियो ।

त्यसको केही समयपछि सोही स्थानमा अनेरास्ववियूका विद्यार्थीहरु भेला भएर विरोध प्रदर्शन गरेका छन् । उनीहरुले ‘लिपुलेक हाम्रो हो’, ‘कालापानी हाम्रो हो’ लेखिएका प्लेकार्डसहित नाराबाजी गरेका छन् । अस्कल क्याम्पसबाट सुरु भएको विरोध र्‍याली भारतीय दूतावास कार्यालय अगाडि आएर कोणसभामा परिणत भएको थियो ।

प्रदर्शनका क्रममा विद्यार्थीहरूले ‘गो ब्याक इण्डिया’को नारासहित प्रदर्शन गरेका छन् ।

भारतले हालै सार्वजनिक गरेको नक्सामा भारतसँग सीमा जोडिएको नेपाली भूमि लिपुलेक भारतीय क्षेत्रभित्र राखिएकाे पछि साे काे विराेधमा देशैभर विराेध भइरहेकाे छ ।

सामाजिक सञ्जालमा समेत भारतकाे कदमकाे विराेध भएकाे छ । भारतीय अधिकारीहरूले भने नयाँ नभइ पुरानै नक्सा रहेकाे जिकिर गरेका छन् ।

Facebook Comments