कास्कीमा बिप्लव नेतृत्वको ने. क. पाको कोण सभा सम्पन्न
भारतीय हस्तक्षप साथै सिमा अतिक्रमणको बिरोधमा नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीले संघर्षका कार्यक्रम गरिरहेकाे छ ।
कार्यक्रम अन्तर्गत बिप्लव नेतृत्वको नेकपाले कास्कीमा शुक्रबार कोण सभा सम्पन्न गरेको हाे ।
यसअघि नेकपाका महासचिव बिप्लवद्वारा जारी गरिएको संघर्षका कार्यक्रम अन्तर्गत आज पोखरा महानगर पालिका ३३ मा कोण सभा गरिएकाे जनाइएकाे छ ।
जनतालाइ रास्ट्रघाती कदमको बिरुद्द आवाज उठाउन आह्वान गरिएकाे नेकपा कास्कीकी जिल्ला सदस्य निशाकाे भनाइ छ ।
जिल्ला सदस्य निशाले सभालाइ सम्बोधन गर्दै भन्नुभयो “बर्षौ देखि भारतले सिमा अतिक्रमण गरिरहेको छ । सरकार चुप लागेकाे छ । नेकपाले सीमा अतिक्रमणकाे विराेध गर्छ । ”
उहाँले महाकाली, लिम्पियाधुरा, लिपुलेक, सुस्ता जस्ता नेपाली भूमि नेपालको नक्सा देखि नै गायब भएकाे पनि जिकीर गर्नुभयाे ।
यस्तै केन्द्रिय संघर्षका कार्यक्रम अन्तर्गत कार्तिक २३ गते भारतिय दुतावासमा ज्ञापनपत्र बुझाउने, २४ गते अतिक्रमित भारतिय नक्सा जलाउने, २५ गते बिरोध प्रदर्शन, २६ गते भारतिय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदिको पुत्ला जलाउने, साथै कार्तिक २७ गते सयुत्त राष्ट्रसंघको नेपालस्थित कार्यलयमा बिरोध पत्र दिने जस्ता रहेका छन ।

