पाेखरामा घुस सहित इन्जिनियर पक्राउ

पाेखरामा सडक डिभिजन कार्यालयका इन्जिनियरलाइ अख्तियारकाे टाेलीले पक्राउ गरेकाे छ । नाै लाख रूपैयाँ घुससहित सिनियर डिभिजनल इन्जिनियर हरि पोखरेल पक्राउ गरेकाे अख्तियार दुरूपयाेग अनुसन्धान आयोगले जनाएकाे छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टाेलीले बिहीबार साँझ साढे ७ बजे इन्जिनियर पोखरेललाई सरकारी निवासबाटै पक्राउ गरेको हो। 

सडक डिभिजन कार्यालय पोखरा प्रमुखमाथि विन्ध्यवासिनी हरिचोक सडक निर्माणका ठेकेदारसँग घुस लिएको आरोप छ।  घुस दिने ठेकेदार ऋषि गौतमलाई अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय पोखराले  पक्राउ गरेकाे छ ।

बरामद भएकाे घुस रकम

अख्तियारले घुसको प्रवन्ध सेटिङ मिलाउने सडक डिभिजनकै इन्जिनियर पवित्रमणी आचार्यलाई समेत नियन्त्रणमा लिएको छ । अख्तियारले बिहीबार सांझ आर्चायको निवासबाट ९ लाख सहित पक्राउ गरिएको हो ।

सडक डिभिजन कार्यालय पोखरा अन्तर्गत सडक निर्माणको ठेक्का मिलाइदिने भनी जिएमआर निर्माण सेवाका ठेकेदार ऋषि गौतमसँग घुस लिएकाे बताइएकाे छ ।

डिइ पाख्रेलको निवासमा पुगी घुस रकम नौलाख दिएर ठेकेदार गाैतम भने त्यहाँबाट फरार भएको प्रहरीले जानकारी दिएको छ । फरार भएका गाैतमलाइ निर्माण कम्पनी पोखरा ५ मालेपाटनबाट नियन्त्रणमा लिइएकाे हाे ।

अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय पोखरामा ल्याई अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ । दुईवटा झोलामा एक हजारको ४ लाख र ५ सयको ५ लाख गरि ९ लाख रुपैया रहेको प्रहरीले जानकारी दिएको छ ।

Facebook Comments