जनयुद्धका सहिद सुरेश वाग्ले(बासु) र भीमसेन पोखरेल(बैरागी)को स्मृतिमा रक्तदान

१५२ युनिट रगत संकलन

जनयुद्धका महान् सहिदद्वय सुरेश वाग्ले(बासु) र भीमसेन पोखरेल(बैरागी) को स्मृतिमा आज पोखरामा रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ ।

राष्ट्रिय युवा संघ कास्कीले सहिदहरूकाे स्मृतिमा आयोजना गरेको खुल्ला रक्तदानमा १५२ युनिट रगत संकलन भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि एवं नेकपाका गण्डकी प्रदेश अध्यक्ष हितराज पाण्डेयले राष्ट्रिय युवासंघका नेता विनय थापालाई ब्लड ब्याग हस्तान्तरण गरेर शुभारम्भ भएको रक्तदानमा १५२ जनाले रक्तदान गरे ।

रक्तदान गर्ने पहिलो पटक देखि २५ औं पटक सम्म रक्तदान गरेकाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सम्बोधन गर्दे प्रमुख अतिथि पाण्डेले शहिद्वयसंग आफुले २०५६ साल भाद्र २२ गते भेटेको र विरामी अबस्था रहेका बासु पार्टी सिलसिलामा हिड्दा हिड्दै २०५६ सालमा गोरखा जिल्लाको सिरानचोक गाँखुमा तत्कालीन सुरक्षा फाैजले नियन्त्रणमा लिएर हत्या गरेकाे जानकारी दिनुभयाे ।

वाग्ले वि.सं २०५२ सालदेखी २०६२ सम्म तत्कालीन नेकपा माओवादीको नेतृत्वमा देशमा सञ्चालित १० वर्षे जनयुद्धको क्रममा शहादत प्राप्त गर्ने माओवादीका सबैभन्दा उच्च तहका नेता भएको पनि पाण्डेले जानकारी दिनुभयो ।

नेकपा कास्कीका इन्चार्ज राजकाजी गुरुङ (करण)ले शहीदद्धय सुरेश वाग्ले(बासु) र भीमसेन पोखरेल(बैरागी)ले देखाएको बाटो बाट देशमा अहिलेको परिवतन सम्भव भएको भन्दै उहाँले नेकपाले शहिद, वेपत्ता घाइतेहरुको योगदानको सधै उच्च सम्मान गर्ने बताउनुभयो ।

राष्ट्रिय युवा संघका नेता विष्णु पुन लगायले बोल्नु भएको रक्तदान कार्यक्रम राष्ट्रिय युवा संघका जिल्ला नेता एवं साविका वाईसियल कास्कीका अध्यक्ष भोजराज पौडेलको अध्यक्षतामा भएको थियो भने सञ्चालन राष्ट्रिय युवा संघका नेता डिल्लिराम सुवेदी गर्नुभएको थियो ।

नेकपाले बासु स्मृति दिवस देशभर विभिन्न कार्यक्रम गरी उहाँहरुको स्मरण गरेको थियो ।

Facebook Comments