लायन्स क्लब अफ पोखरा पिस टाउनको छैटौं स्थापना दिवस सम्पन्न

लायन्स क्लब अफ पोखरा पिस टाउनले क्लब स्थापनाको ६औं स्थापना दिवस मनाएको छ । मंगलवार पोखरामा आयोजित एक कार्यक्रमका बीच क्लबले स्थापना दिवस (चार्टर नाइट) मनाएको हो । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपाल अन्तर्गतको उक्त क्लब महिला मात्रको क्लब हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि चिफ डिष्ट्रिक्ट पिआरओ परमेश्वर बरालले पिस टाउनले समाजमा गरेका मानविय सेवाका कार्यहरु उष्कृष्ठ भएको बताउनुभयो । एउटा क्लब अध्यक्ष एक्टीभ भयो भने क्लबले कति काम गर्न सक्दो रहेछ भन्ने कुरा पिस टाउनले प्रमाणित गरेको उहाँको भनाई थियो ।
क्लबका अध्यक्ष डा विनिता कोईरालाकोे अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका संस्थापक लगाएत अन्य लायन्स सदस्यहरुलाई उक्त अवसरमा सम्मान गरिएको थियो ।

Facebook Comments