लुम्बिनी विकास बैंकद्वारा सहारा एकेडेमीका विद्यार्थीलाई १ बर्षका लागि खाजा सहयोग

लुम्बिनी विकास बैंकले सहारा क्लवले सञ्चालन गरेको सहारा एकेडेमीलाई करिब तीन लाख रुपैया सहयोग गरेको छ । एकेडेमीमा रहेका २८ जना बालकहरुलाई एक वर्षका खाजाका लागि आवश्यक रकम बैंकले २ लाख ९४ हजार रुपैया सहयोग गरेको हो ।

बैकका तर्फबाट सञ्चालक सुशिलराज पराजुली, नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी, बैंकका कम्पनी सचिब तथा मुख्य प्रबन्धक हरिकृष्ण सुबेदी बैंकका पोखरा न्युरोड शाखाको म्यानेजर प्रकाश पहारी, पोखरा महेन्द्रपुल शाका म्यानेजर बलबहादुर ढकाल लगाएतको टोलीले सहारा क्लबका अध्यक्ष केशब थापा, पुर्व अध्यक्ष विक्रम थकाली सहितको टोलीलाई चेक हस्तान्तरण गरिएको हो ।

बैंकको सामाजीक उत्तरदाइत्व अन्तरगत एकेडेमीलाई सहयोग गरेको बैंका सञ्चालक सुशिलराज पराजुलीले जानकारी दिनुभयो । ‘बैंकले सहारा क्लबलाई अन्य माध्यमबाट पनि सहयोग गर्दै आएको छ,’ पराजुलीले भन्नुभयो ‘यस पटक बालकहरुलाई प्रत्येक्ष रुपमै पुग्ने गरेर सहयोग गरेका हौ ।’ उहाँले बैंकले सामाजीक क्षेत्रमा सामाजीक उत्तरदायीत्व अन्तरगत अन्य ठाउँमा पनि सहयोग गर्ने गरेको बताउनुभयो । सहयोग ग्रहण गरेपछि क्लबका अध्यक्ष थापाले मनकारीकै मायाले एकेडेमी चलेको भन्दै एकेडेमी सञ्चालन गर्न सहयोग पुग्ने बताउनुभयो ।

पुर्व अध्यक्ष विक्रम थकालीले बैंकले आहा रारा गोल्डकपलाई लामो समय देखी बैंकले बैंकिङ पार्टनरका रुपमा सहयोग गर्दै आएको बताउदै आगामी दिनमा पनि निरतरता पाउने विश्वास व्यक्त गर्नुभयो । क्लबले २०६१ सालदेखि एकेडेमी निरन्तर एकेडेमी सञ्चालन गरिरहेको छ । हाल एकेडेमीमा देशका विभिन्न १६ जिल्लाका २८ जना कठिन परिस्थितीका बालकहरु आश्रित छन् ।

Facebook Comments