प्रेम दिवस: नाता सम्बन्ध नाफा-घाटाको तराजुमा
राधा पोखरेल
आजको युगले मान्छेलाई मान्छेबाट वस्तुमा रुपान्तरित गरिदिएको छ । त्यसैले आजको मान्छेले हरेक कुरालाई नाफा-घाटाको तराजुमा तौलन्छ । यहाँसम्म कि नाता सम्बन्ध पनि मान्छेका लागि नाफा-नोक्सानसॅग तुलनीय भएका छन् ।
सपना बिग्रॅदा तथा छाती चर्कँदा सन्तानमाथि अनिष्ट आइपर्ने आशङ्कामा रातभर जागा रहने, ” आमा र बाबाको ” मुख हेर्ने दिन कहिले आयो र गयो वास्ता नगर्नेहरुले केहि दिन यता सुन्दैं र देख्दैं छु , रोज डे, किस डे, चकलेट डे र भ्यालेन्टाईन डे को बेग्र प्रतिक्षामा कुरेर बस्नेको होडवाजी नै चलेको छ ।
पश्चिमी मुलुकबाट सुरूवात भएको यस दिवस नेपालमा पनि संस्कृतिको रूपमा विकास हुँदै गइरहेको छ । विशेषगरी युवाहरूबीच लोकप्रिय यस दिवसमा विकृति पनि बढ्दै गइरहेको छ ।
प्रेमलाई भन्दा क्षणिक भावनात्मक आवेग र शारीरिक आकर्षणलाई केन्द्रमा राखेर गरिने गतिविधिलाई नै हामीकाहॉ प्रणय दिवस भनेर बुझ्ने र मनाउने गरिँदै आएको छ । जुन गलत मात्र होइन, खतरनाक पनि छ ।
मान्छेहरू भन्छन् प्रेम गर्न आजकल समय नै छैन । तर मलाई लाग्छ, प्रेम गर्नलाई अलग्गै समयको खाँचो पर्दैन । यदि तपाइ निस्वार्थ माया गर्नुहुन्छ भने, यस्ता भ्यालेन्टाइन डे को आवश्यक्त्ता नै पर्दैन ! केवल भएको समयको ब्यवस्थापन गरे पुग्छ । पितृ श्राद्ध गरेजस्तो बर्षमा एकचोटि, एकदिन गर्ने विषय होइन प्रेम । हरपल हरक्षण मुटुको धड्कनसँगै जीवनमा धड्किरहने गति हो प्रेम ।
जे जस्तो डे र दिवस भएपनि यस्ता अवसरमा यस्ता दिवसले सबैलाई निस्वार्थ माया गर्न सिकाओस् !
पत्थर बन्दै गइरहेको मानव मुटुमा थोरै भए पनि सवैमा प्रेमभाव पैदा होस् । सवै मित्रहरुमा शुभकामना !

