स्व.ग्याल्पो लामा स्मृतिमा अन्तर लायन्स ब्याडमिन्टन प्रतियोगिता शुरु

लायन्स क्लब अफ पोखरा अन्नपुर्णको आयोजनामा शनिबारदेखि स्वर्गीय लायन ग्याल्पो लामा स्मृतिमा ११ औं अन्तर लायन्स ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । पोखरा रंगशालामा शुरु भएको प्रतियोगितामा २६ वटा समुहको सहभागिता रहेको छ ।

प्रतियोगिताको उदघाटन गर्दै गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले लायन्स क्लबले सामाजिक संगै खेलकुद क्षेत्रमा महत्वपुर्ण भूमिका खेलेको बताउनुभयो । कोइरालाले प्रतियोगिाताको लागि मात्रै नभई मानसिक शारीरिक हिसावले फाइदाको लागि खेलकुद महत्वपूर्ण हुने उल्लेख गर्नुभयो ।

प्रतियोगिातका संयोजक यदुनाथ अधिकारीले आफुहरुले निगत ११ बर्ष देखि निरन्तर ब्याडमिन्टन प्रतियोगिता गर्दै आएकोमा यस बर्ष निधन भएका क्लबका सस्थापक सदस्य लायन ग्याल्पो लामाको स्मृतिमा प्रतियोगिता सञ्चालन गरिएको जानकारी दिनुभयो । क्लबका अध्यक्ष दिनेश तुलाचनको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

Facebook Comments