विप्लव नेतृत्वकाे नेकपाप्रति सरकारको व्यवहार अराजनीतिक : डा. भट्टराई

नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराइले नेकपा विप्लव समूहप्रति सरकारले गरेको ब्यवहार अराजनीतिक भएको टिप्पणी गर्नुभएको छ । उहाँले प्रधानमन्त्रीले प्रयोग गरेको शब्दप्रति समेत असन्तुष्टी व्यक्त गर्नुभएको छ ।

शनिबार गृहजिल्ला गोर्खामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले देश विखण्डन गर्छु भन्ने पक्षसँग नरम भएर विप्लवप्रति कठोर बनन सरकारलाई नसुहाउने टिप्पणी गर्नुभयो ।सरकार सिके राउतप्रति नरम भएर प्रस्तुत हुँदा विप्लपप्रति कठोर व्यवहार गरिनु शोभनीय नहुने उहाको भनाई थियो ।

देश विखण्डन गर्छु भन्ने पक्षसँग उदार भएर प्रधानमन्त्रीले सहमति गरेको भन्दै डा. भट्टराईले विप्लव समूहका मागलाई पनि सम्बोधन गरी समाधान खोज्नुपर्ने बताउनुभयो । विप्लव नेतृत्वको दलको माग राजनीतिक रुपमा समाधान गर्नुपर्ने भट्टराईको भनाई थियो ।

पूर्वप्रधानमन्त्री भट्टराईले सरकार र सिके राउतबीच भएको ११ बुँदे सहमतिप्रति पनि असन्तुष्टि जनाउनुभएको छ । राष्ट्रिय अखण्डता र जनतामा निहित सार्वभौमसत्तामाथि जनमत संग्रह हुन नसक्ने उहाँको भनाई थियो ।

Facebook Comments