क्रिक्रेट रंगशाला बन्ने ठाउँ घेराबार हुँदै(फाेटाे फिचर)
चितवनमा धुर्मुस सुन्तली फाउण्डेशनले क्रिक्रेट रंशशाला बनाउँदैछ । भरतपुर महानगरपालिकाले जग्गा उपलब्ध गराएपछि गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिक्रेट रंगशाला बनाउन लागिएको हो ।

अहिले जग्गालाई घेराबार लगाउने कार्य करिव सम्पन्न भएको छ भने कार्यालय सञ्चालनका लागि अस्थायी संरचना बनाउने क्रम जारी रहेको छ । सामान राख्नका लागि स्टोर कोठा, सेक्युरिटीका लागि पोष्ट बनाउने लगायतका कार्य जारी रहेका छन् ।

अहिले दैनिक २५ जना कामदारले काम गरिरहेका छन् । फाउण्डेशनले रंगशाला निर्माणमा सहयोग जुटाउन भन्दै विभिन्न च्यारिटीहरु ग्र्दै आएको छ । २ अरव लागत अनुमान रहेको रंगशालाका लागि फाउण्डेशनको प्रयास ज्यादै नै प्रंशसनीय रहेको छ ।

फाउण्डेशनले नेपालमा पहिलो अत्याधुनिक सुविधासम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला चितवनको भरतपुर महानगरपालिका–१६ मा २० बिघा जग्गामा निर्माण प्रक्रिया शुरु गरेको हो । हाल रङ्गशालाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणको काम भइरहेको छ ।

डिपिआर तयार गरी त्यसपछि दुई वर्षभित्र रङ्गशाला निर्माण गरिसक्ने लक्ष राखिएको छ । करिव ३ अरव लागत अनुमान गरिएको सो अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि आर्थिक सहयाेगका लागि पनि फाउन्डेशनले अपिल गर्दै आएकाे छ ।


