पेट्रोलियम पदार्थको मूल्य घट्याे, पाइपलाइन पनि सञ्चालनमा
पेट्रोलियम पदार्थ पेट्राेल, डिजेल र मट्टीतेलकाे मूल्य घटेकाे छ । नेपाल आयल निगमका अनुसार स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन गरिएको हाे ।
मंगलबारबाटै नेपाल भारत पेट्राेलियम पाइपलाइन पनि सञ्चालनमा आउने भएकाले त्यसबाट समेत निगमकाे खर्च कटाैती हुन्छ ।
जसबाट हुने बचत उपभोक्तालाई दिन पनि मूल्य समायोजन गरिएको निगमकाे भनाइ छ ।
समायाेजन भएकाे मुल्य अनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रति लिटर २ रुपैयाँ घटाइएको छ।
मुल्य समायाेजन भएसँगै पेट्राेल प्रतिलिटर १०७ रुपैयाँ र डिजेल/मट्टितेल ९५ रुपैयाँ प्रतिलिटर हुने छ।
Facebook Comments

