मोतिहारी–अमलेखगञ्ज पाइपलाइनको उद्घाटन

रिमाेट थिचेर २ देशका प्रधानमन्त्रीद्वारा उद्घाटन

नेपाल–भारत ऐतिहासिक पेट्रोलियम पाइपलाइन मोतिहारी–अम्लेखगञ्ज पाइपलाइन उद्घाटन भएकाे छ ।

मंगलबार दुइ देशका प्रधानमन्त्रीले रिमाेट थिचेर औपचारिक उद्घाटन गर्नुभएकाे हाे । 

काठमाण्डाैबाट प्रधानमन्त्री केपी शर्मा ओली र भारतकाे नयाँ दिल्लीबाट भारतीय समकक्षी नरेन्द्र मोदीले विद्युतीय माध्यम रिमोटद्वारा पाइपलाइनको औपचारिक उद्घाटन गर्नुभएकाे हाे ।

मोतिहारी–अमलेखगञ्ज पाइपलाइन नेपालतर्फ ३६ किमी र बाँकी २७.२ किमी भारततर्फ गरी कुल ६९.२ किलोमिटर पाइपलाइन बिछ्याइएको हो ।  पाइपलाइन निर्माणसँगै नेपालमा पेट्राेलियम पदार्थ ढुवानीमा सहज हुने अपेक्षा गरिएकाे छ । यसले ढुवानी खर्च समेत कटाैती हुनेछ ।

पहिलो चरणमा  पाइपलाइन मार्फत डिजेल आपूर्ति गरिएको छ ।  पर्याप्त पूर्वाधार र भण्डारण व्यवस्थापन पछि भने मट्टीतेल र पेट्रोल समेत सोही पाइप मार्फत ढुवानीकाे ब्यवस्था मिलाउने जनाइएकाे छ ।

अहिले अमलेखगञ्ज पेट्रोल पम्प डिपोमा  १६ हजार किलोलिटर तेल भण्डारण क्षमता रहेको छ । 

पाइपलाइन बन्नुअघि ट्याङ्करकाे माध्यमबाट भारतबाट नेपालले पेट्राेलियम पदार्थ ढुवानी गर्दै आएको थियो । 
 

Facebook Comments