गण्डकी प्रदेशबाटै पुनः श्रम स्वीकृति सेवा शुरु

वैदेशिक रोजगारमा जानेहरुका लागि गण्डकी प्रदेशबाट पुनः श्रम स्वीकृति सेवा (रि–इन्ट्री ) उपलब्ध हुने भएको छ । विहीबार आयोजिक एक कार्यक्रमका वीच पुन श्रम स्वीकृति सेवाको श्रम तथा रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले शुभारम्भ गर्नुभएको छ ।

पोखराको सहिदचोकमा रहेको श्रम तथा रोजगार कार्यालयबाट पुनः श्रम स्वीकृति सेवा प्रदान गरिनेछ । बैदेशिक रोजगार बिभागका आईटि प्रमुख राजु श्रेष्ठका अनुसार सम्पूर्ण प्राविधिक तयारी पूरा भएको छ ।

कार्यलयमा प्राविधिक जनशक्ति र आवश्यक प्राविधिक सामाग्री जडान भइसकेको छ । भविष्यमा श्रम स्वीकृति सहितको सेवा विस्तार गर्ने लक्ष रहेको गण्डकी प्रदेशको श्रम कार्यलयमा हाल ८ जना कर्मचारीले सेवा प्रवाह गर्ने वैदेशिक रोजगार विभागले जनाएको छ ।

जिल्ला समन्वय समिति कास्कीको भवनमा राखिएको कार्यलयबाट सेवा प्रवाह हुने भएपछि गण्डकी प्रदेशका वैदेशिक रोजगारीमा जानेहरुका लागि श्रम स्वीकृतिका लागि काठमाण्डौ जानुपर्ने बाध्यता हट्नेछ ।

Facebook Comments