एनसेलले लाभकर ३ महिनाभित्र तिर्नुपर्ने सर्वोच्चकाे फैसला
एनसेलले लाभकर ३ महिनाभित्र तिर्नुपर्ने भएको छ । सर्वोच्च अदालतले एनसेल नेपालसँग सम्बन्धित भएको भन्दै लाभकर असूल उपर गराउन र करको दायित्व निर्वाह गर्नुपर्ने ठहर गरेको हो । साथै सर्वोच्चले लाभकरको दायित्व पुरा नगरेसम्म लाभांश वितरण तथा शेयर विक्री अनुमति रोक्न सरकारलाई आदेश दिएको छ ।
सर्वोच्चले लाभकर तिर्नुपर्ने फैसला माघ २३ मा गरेको थियो । माघ २३ मै गरेको फैसलाको पूर्णपाठ मंगलबार सरोकारवाला समक्ष पठाउँदै लाभकर नतिरेसम्म लाभाशं वितरणमा समेत रोक लगाउने फैसला आएको हो । पूर्ण पाठमा लाभ कर बुझाउने दायित्व पछि किन्ने कम्पनी टोलिया सोनेराको नभई एक्जिटा र एनसेलकै हुने प्रष्ट पारिएको छ ।
फैसलामा २०७३ वैशाख २६ र २०७४ जेठ २१ मा पुँजीगत लाभकर वापत अग्रिम रुपमा २१ अर्ब ५४ करोड ८० लाख ५५ हजार ९ सय र विलम्ब शुल्क वापत २ अर्ब २ करोड ६२ लाख एनसेलले बुझाइसकेको अवस्थालाई समेत दृष्टिगत गर्दै उक्त रकम समेतलाई आधार मानी कर निर्धारण तथा असूल उपर गर्न भनिएको छ ।
फैसलाको पूर्ण पाठ

