विप्लव पनि सत्तारूढ नेकपामै आउनुपर्छ : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेत्र विक्रम चन्द पनि सत्तारूढ नेकपामा आउनुपर्ने बताउनुभएकाे छ । विप्लव नेतृत्वकाे नेकपाका युवा संगठनका नेता कार्यकर्तालाइ पार्टी प्रवेश गराउँदै उहाँले यस्ताे बताउनुभएकाे हाे ।

पूर्व प्रधानमन्त्री समेत रहनुभएका प्रचण्डले विप्लवलाई ढिलो चाढो नेकपामा नआई सुखै नहुने बताउनुभयाे । कार्यकर्ताहरुलाई पार्टीमा प्रवेशकाे निर्णय सही गरेकाे पनि प्रचण्डकाे भनाइ थियाे । केही समय लाग्ला विप्लव पनि यसरी नै आउँनु पर्नेछ ।

नेपालको कम्युनिस्ट आन्दोलन र राष्ट्रको बृहत्तर हितमा , जनताको हितमा आफैहरुले लडेर उपलब्धी ल्याएको उहाँकाे जिकीर थियाे । पार्टी प्रबेश गरेकाहरुलाई क्षमता र अनुभवका आधारमा नै पार्टीमा भूमिका दिइने प्रचण्डकाे भनाइ छ ।

Facebook Comments