नेपाल भ्रमण बर्ष,२०२० अभियानमा सहयाेग गर्न पर्यटनमन्त्रीकाे अपिल

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री याेगेश भट्टराइले नेपाल भ्रमण बर्षलाइ सफल बनाउन सहयाेग गर्न सबैमा अपिल गर्नुभएकाे छ ।

उहाँले मूलुकमा रोजगारी सृजना, गरिवी निवारण तथा समावेशी विकास समेतको दृष्टिले पर्यटन क्षेत्र अर्थतन्त्रको एक महत्वपूर्ण आयाम रहेकाे उल्लेख गर्नुभएकाे छ ।

नेपाल सरकारले कम्तिमा बार्षिक वीस लाख पर्यटक भित्र्याउने गरी नेपाल भ्रमण बर्ष,२०२० अभियान सञ्चालन गरिरहेकाले यस अभियानमा सहयाेग गर्न उहाँले अपिल गर्नुभएकाे हाे ।

नेपाल भ्रमण बर्ष,२०२० अभियानलाई विश्वस्तरमा तथा नेपालभर प्रचार प्रसार गरी अनुपम प्राकृतिक सौन्दर्य,सांस्कृतिक विविधता तथा साहसिक पर्यटनको एक प्रमुख गन्तव्यको रुपमा विश्व पर्यटन बजारमा नेपाललाई दिगो रुपमा स्थापित गर्नकालागि विश्वको हरेक कुना,तह र तप्कामा रहेका नेपाली दाजुभाई तथा दिदी बहिनीहरुबाट उल्लेखनीय सहयोगको अपेक्षा मन्त्री भट्टराइले गर्नुभएकाे छ ।

स्वदेश तथा विदेशमा रहनु भएका समस्त नेपाली दाजुभाई, दिदी बहिनीहरुले नेपाल भ्रमण बर्ष,२०२० अभियानलाई प्रारम्भिक रुपमा सहयोग गर्नकालागि आफुले प्रयोग गर्ने (निजी तथा आफ्ना संघ संस्थाहरुको समेत) सामाजिक सञ्जालमा भ्रमण बर्षकाे लोगो राखिदिन अनुराेध गर्नुभएकाे छ ।

Facebook Comments