नेपालमा कम्युनिष्टको विकल्प छैन सभापति कोइराला



गण्डकी प्रदेशका सांसद एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला (रुपक)ले नेपालमा कम्युनिष्टको विकल्प नरहेको बताउनु भएको छ ।बुधबार ङयोय तमुधिं लेखनाथ कास्कीको भडारढिकमा १८औं बार्षिक साधारण सभाको उद्घाटन गर्दे उहाँले सो कुरा बताउनु भएको हो ।


उहाँले नेपालको विकासको लागि कम्युनिष्ट सकारनै चाहिने भन्दै कम्युनिष्टको विकल्प नभएको बताउनु भयो । कोइरालाले नेपाल विविधतामा धनी भएको भन्दै यहाँको सस्कृति बचाउनु राज्यको दायित्वपनि भएको जनाउदै यस क्षेत्र पर्यटनको केन्द् पनि भएकोले जनजातिहरुको रहन सहन भाषा भेषभुषा पर्यटकको लागि अर्को आर्कषण हुने बताउनु भयो । हाम्रो भाषा सस्कृतिलाई जिवन्त राख्नु अहिलेको पुस्ताको पनि दायित्व भएको बताउनु भयो ।


कोइरालाले सरकारले गरेका राम्रो कामको अहिले प्रचार नभएको भन्दै सरकारले गरेका कार्यले जनताको जिवन स्तर उकास्ने काम गर्दे अगाडि बढेको बताउनु भयो । उहाँले सरकारले पाइपलाइन बाट तेल आयत गरेर विकासको शुरुवात गरेको बताउनु भयो । अहिले नेपाल लोडसेडिङ मुक्तभएकोले अब एलपी ग्यास विस्थापित गर्दे विधुतको प्रयोगमा जोड दिनु पर्ने जनाउनु भयो ।

ङयोय तमुधिं लेखनाथका अध्यक्ष मनबहादु गुरुङको अध्यक्षता भएको कार्यक्रममा लेखनाथ उद्योग बाणिज्यसंघका अध्यक्ष बलराम ढकाल, आमा समुहको तर्फबाट बुद्धीमाया गुरुङ, तमुधिका महासचिव सुवेदार मेखबहादुर गुरुङ लगायतले बोल्नु भएको थियो । लेखनाथ क्षेत्रमा रहेका २६ वटा गुरुङ समाजहरुको छाता सस्थाको रुपमा ङयोय तमुधिं लेखनाथ रहेको छ ।

Facebook Comments