मुलुक समृद्धितर्फ : मुख्यमन्त्री गुरुङ
रुपा गाउँपालिकाले प्रदेशस्तरीय भलिबल प्रतियोगिता गरी स्थानीय तह स्थापना दिवस मनाएको छ । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकमा विकासको युग शुरुआत भएको बताउनुभएको छ । उहाँले देशका तीनै तहका सरकार विकास र समृद्धिमा एकजुट भएर लागेका उल्लेख गर्दै विकासको युग शुरु भएको बताउनुभयो ।
अहिलेका तीनै तहका सरकार जनताको आवश्यकता अनुसार कानून, बजेट तथा आवश्यक नीति निर्माणमा स्वायत्त भएको उल्लेख गर्नुभयो । साथै मुख्यमन्त्री गुरुङले विगतमा तीन÷चार लाख बजेट आउने स्थानीय तहमा अहिले करोडौँको बजेट रहेको जानकारी दिनुभयो ।
ठूला आयोजना सञ्चालन र विदेशी सहयोग ल्याउने काम सङ्घीय सरकारको भएको तथा प्रदेश र स्थानीय सरकारले स्थानीय समुदायको आवश्यकताका आधारमा योजना तर्जुमा र कार्यान्वयन गर्ने भएकाले अव विकास सम्भव हुने स्पष्ट पार्नुभयो । उहाँले पिउने पानी र विद्यूतको व्यवस्था गर्ने गरी योजना निर्माण गरिरहेको बताउनुभयो ।
सो अवसरमा संविधानसभाका सदस्य कृष्णबहादुर गुरुङ, प्रदेशसभा सदस्य दीपक कोइराला, जिल्ला समन्वय समिति कास्कीका संयोजक वैनबहादुर क्षेत्री लगायतले विकास निर्माणले गति लिन थालेपनि बसाईंसराईंले चुनौतिका थपिएको उल्लेख गर्नुभयो ।
रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले आगामी दुई वर्षभित्र गाउँपालिका भित्रका तीन हजार २०० घरधूरीमा कार्यक्रममा गाउँपालिकाका सात वटै वडाबाट विभिन्न झाँकी प्रस्तुत गरिएको थियो ।

