कर्मचारीतन्त्रका कारण काममा समस्या : प्रचण्ड
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले कर्मचारीतन्त्र पुरानै तर राजनीतिक प्रणाली नयाँ भएकाले काममा केही समस्या भएको खुलासा गर्नुभएको छ । पुरानै कर्मचारीतन्त्र राजनीतिक प्रणाली नयाँ, संविधान नयाँ तर ऐन नियमहरू पुराना हुँदा सरकारलाई निकै धेरै मिहेनत गर्नुपरेको छ उहाँको भनाई थियो । चितवनको माडीमा पार्टीका अगुवा कार्यकर्तासँगको अन्र्तक्रियामा उहाँले यस्तो बताउनुभएको हो ।
पूर्व प्रधानमन्त्री समेत रहनुभएका प्रचण्डले माडीमा पार्टी कमिटी निर्माण गरेर जनताको काम मिलेर गरेकोमा स्थानीय नेता तथा कार्यकर्ताहरूलाई धन्यवाद दिनुभयो । माडीमा गुणात्मक प्रगति हुँदैछ भन्ने सुनाउन पाउँदा मलाई गर्व अनुभूति भएको प्रचण्डको भनाई थियो ।
उहाँले माडीको विकासका लागि रिङ रोड बनाउने, रिउ खोलामा तटबन्ध निर्माण गर्ने देखि सुकुम्बासी समस्या समाधानका लागि पहल भइरहेको बताउनुभयो । साथै उहाँले नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताको बाँकी काम अब छिट्टै टुंगिने बताउनुभएको छ ।

