मलेसियामा नेपाली कामदारका लागि राेजगारी खुलाउने सहमति
लामाे समयदेखि राेकियाे नेपाली कामदारको गन्तब्य देश मलेसियामा राेजगारी खुलाउने विषयमा नेपाल र मलेसिया सरकारवीच सहमति भएको छ ।
नेपाल र मलेसियावीय यसअघि नै श्रम समझदारी भएपनि केही प्राविधिक विषयमा सहमति नहुँदा मलेसियामा नेपाल कामदार विगत १५ महिनादेखि जान पाएका थिएनन् ।
बाँकी रहेका विषय टुंगो लगाउन दुई देश बिचको प्रविधिक कमिटिको बैठकमा सहमति भएको हो ।
मलेसिया स्थित पुत्राजयमा मंगलबारबाट शुरु भएको दुई देश बीचका प्रतिनिधि सहभागी बैठकले ८६ स्वास्थ्य संस्थालाई अगामी नोभेम्बर पहिलो हप्ताबाट बार्षिक अडिट प्रकृयामा लैजाने सहमती भएको बैठकमा सहभागी टोलिका संयोजक राम प्रसाद घिमिरेले जानकारी दिनुभयाे ।
नेपाल र मलेसियाबीच गत कात्तिकमा भएको ऐतिहासिक श्रम समझदारी कार्यान्वयनमा जानेगरी सहमती भएको हाे ।
घिमिरेका अनुसार सेक्युरिटी गार्डको आपूर्तिका लागि पनि श्रम समझदारी अनुरुप नै प्रकृया शुरु गर्ने विषयमा सहमती भएको छ ।
नेपालले घरेलु कामदारको बिषयमा छुट्टै कानुनको माग गरेको बताउंदै हाल मलेसियाले पठाइएको ड्राफ्ट अध्ययनकाे क्रममा रहेकाे पनि उहाँले जानकारी दिनुभयाे ।
मलेसियन उच्च अधिकारी सहित नेपालका तर्फबाट श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेको नेतृत्वमा परराष्ट्र र कानुन न्याय तथा संसदीय मन्त्रालयका प्रतिनिधि सहितको टोली वार्तामा बसेका थिए ।

स्वास्थ्य संस्था थप्ने सहमती भएमा विगत १५ महिनादेखी रोकिएको मलेसियाको रोजगारी खुल्ने अपेक्षा गरिएको छ ।
गत वर्ष कार्त्तिक १२ गते नेपाल र मलेसिया विच श्रम समझदारी पश्चात कामदारको लागत खर्च रोजगारदाता कम्पनीले व्यहोर्ने सहमती भएको थियो तर श्रम मन्त्री गोकर्ण विष्टले स्वास्थ्य संस्थाको सिन्डिकेट पनि अन्त्य हुनुपर्ने अडानमा रहनुभएकाे छ ।

