राप्रपाको चुनाव प्रचारप्रार अभियान, बन्दुक बोकाउनेहरु मालिक, बोक्नेहरु खाडीमाःअध्यक्ष थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष कमल थापाले अहिले दुई तिहाईको कम्प्युनिष्ट सरकार भएपनि जनताले परिवर्तनको अनुभूति गर्न नपाएको बताउनुभएको छ ।

सोमबार पोखरा महानगरपालिका वडा नं. ३३ को भरतपोखरी, वडा नं. २१ को कृष्ती र वडा नं. ९ को बसपार्कमा भएको चुनावी घोषणा सभामा बोल्दै थापाले परिवर्तनको अनुभूति, हिन्दु राष्ट्र र सवैधानिक राजसंस्था स्थापनाका लागि राप्रापा अपरिहार्य रहेको बताउनुभयो

कार्यक्रममा बोल्दै थापाले छातिमा हात राखेर देशलाई संरक्षण गर्ने हैसियत दिन सबैलाई आग्रह गर्नुभयो ।

अध्यक्ष थापाले भन्नुभयो ‘हिजो बन्दुक बोक्नेहरु आज अररको खाडीमा पुगेका छन् र बन्दुक बोकाउनेहरु देशको मालिक भएर बसेका छन्’ ।

नेकपा र कांग्रेस पटक पटक सरकारको नेतृत्व गरेको भएपनि देशमा कुनै परिवर्तन ल्याउन नसकेको थापाको टिप्पणी थियो ।

५० लाख युवालाई विदेशमा पठाएर कसरी हामीले देशेको मुहार फेर्न सक्छौं ? प्रश्न गर्दै उहाँले भन्नुभयो ‘अहिले लोकतन्त्रको नाममा लुटतन्त्र चलेको छ ।’

चुनावी कोणसभामा उम्मेदवार रोमबहादुर भण्डारी, पार्टी उपाध्यक्ष तोरण बहादुर गुरुङ, प्रदेश अध्यक्ष हेमजङ गुरुङ, सहायक महामन्त्री राजाराम बर्तौला लगायतले सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्ने वक्ताहरुले हिन्दुराष्ट्र र राजसंस्था राप्रपाको मुटु भएको बताएका थिए ।

Facebook Comments