राप्रपाको राष्ट्रिय स्वाभिमान यात्रा पोखरामा
मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राको सिलसिलामा पोखरामा हुने सभाको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले जनाएको छ । यात्रा टोली मंगलबार पोखरामा आउने कार्यक्रम भए अनुसार गण्डकी प्रदेश एवं कास्कीको तर्फबाट सम्पूर्ण तयारी पूरा भएको प्रचार विभाग केन्द्रीय सदस्य सूर्य बास्तोलाले जानकारी दिनुभयो ।
स्वागत कार्यक्रम तथा वृहत आमसभा चिप्लेढुङ्गामा हुनेछ । उक्त सभामा सम्पूर्ण राष्ट्रवादी शुभेच्छुक तथा कार्यकर्ताहरुलाई उपस्थित हुन राप्रपा कास्कीले आग्रह गरेको छ ।
स्मरण रहोस् राप्रपाले गत फागुन १५ गते ताप्लेजुङमा शुभारम्भ गरी देशका विभिन्न भागमा संचालन गरिरहेको मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा पोखरा हुँदै काठमाण्डौको भृकुटीमण्डपमा कलश यात्रा र विशाल आमसभा सहित समापन हुनेछ ।
Facebook Comments

