वर्तमान सरकार विगतमा भन्दा बदनाम रहेकाे विप्लव नेतृत्वकाे नेकपाकाे दावी
नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्कीले वर्तमान सरकार विगतमा भन्दा झनै बदनाम बन्दै गएको जनाएको छ ।
पार्टीका कास्की जिल्ला सचिव रुपेशद्वारा जारी गरिएको विज्ञप्तिमा पछिल्लो समय अर्वौका घोटलाकाण्डहरु, बुढी गण्डकी, आयल निगमको भ्रष्टाचार काण्ड, ऐनसेल प्रकरण, चिनीकाण्ड, देशभर स्थानीय तहमा भएको भ्रष्टाचार , वाईडबडी घोटला काण्ड, निर्मला पन्त बलात्कार र हत्या प्रकरण जस्ता बग्रेल्ती घटनामा संघर्ष गर्दै आएको उल्लेख छ ।
विज्ञप्तिमा ओली र प्रचण्डको कथित कम्युनिष्ट गठवन्धनले आफ्नो बदनाम र सरकारप्रतिको जनआक्रोस मथ्थर पार्न हाम्रो पार्टी र शान्तिपूर्ण कार्यक्रममाथि बन्देज लगाउदै फाँसीवादी दमनचक्र चलाएको आरोप लगाइएको छ ।
कास्कीबाट सार्दिखोलाका साना व्यापारी उमराज बास्तोला, खुदीखोलाका किसान गणेश अधिकारी, मजदुर व्यबसायी खड्क राई ,मझुवाबस्तीबाट टोलबारे छलफलको क्रममा रहेका जनता मनबहादुर तमु लगायत ७ जनालाई भेटघाट समेत गर्न नदिएको विज्ञप्तिमा जनाएको छ ।
कानुन विपरीत घरपरिवार मानवअधिकारवादी सम्मलाई भेटघाट गर्न र गिरफ्तारबारे सुचनाको हकमा समेत बन्देज लगाउदै संकटकालको जस्तो गरी गरिएको धरपकडको विज्ञप्तिमा भत्र्सना गरिएको छ ।
विज्ञप्तिमा हत्या, दमन, गिरफ्तारी, झुट्टा मुद्दा र राज्य आतंकको सहाराले संसारमा कााही र कहिल्यै पनि कुनैपनि राज्य टिकेको इतिहास नरहेको भनदै वर्तमान राज्यसत्ता पनि अपवाद नहुने जिकीर गरिउको छ ।
बिश्व मै असफलसिद्ध संसदीय ब्यवस्थाको सट्टामा नेपाल र नेपाली जनतालाई सुहाउँदो र नेपाली जनताको शान्ति, समानता, स्वाधिनता र समृद्धिका लागि निरन्तर संघर्ष गर्दै आएको विज्ञप्तिमा जनाएको छ ।
शान्तिपूर्ण सभा सम्मेलनमा गरिएको बन्देज, राजनीतिक संगठनको काममा गरिएको बन्देज, जनताको घर खानतलासी गर्ने,े धरपकड, गिरफ्तारी, झुट्टा मुद्दा लगाउने जस्ता राज्य आतंक लगायतका फासीवादी कदमका विरुद्ध यही २०७५ फागुन ३० गते नेपाल बन्द को आह्वान गरिएको सो पार्टीले जनाएको छ ।

