सेवामुखी बन्न निजी विद्यालयलाई शिक्षामन्त्री पोखरेलको सुझाव
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले नीजि विद्यालयलाई सेवामुखी बन्न आग्रह गर्नु भएको छ । नीजि तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सनको काठमाण्डौंमा शुरु १४ औं राष्ट्रिय महाधिवेसनलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले नीजि विद्यालय नाफामुखी नभई सेवामा केन्द्रीत हुनुपर्ने बताउनुभयो ।
उच्च शिक्षा अध्ययनका लागि धेरै विद्यार्थी विदेश पलायन हुनुमा नीजि विद्यालयको मुख्य भूमिका रहेको भन्दै सो क्रम रोक्न प्याब्सनलाई मन्त्री पोखरेलले आग्रह गर्नुभयो । नीजि विद्यालयले गुणस्तरीय शिक्षामा योगदान पुर्याए पनि रोजगारमूलक शिक्षा भने प्रदान गर्न नसकेको मन्त्री पोखरेलको भनाई थियो । महाधिवेसनले १०९ सदस्यी नयाँ नेतृत्व चयन गर्ने बतायएको छ । अध्यक्ष पदमा टिकाराम पुरी र डिके ढुंगाना प्रतिस्पर्धामा उत्रेका छन् ।
Facebook Comments

