लागुपदार्थ दुर्व्यसनी बिरुद्ध भरतपुरमा सचेतनामूलक कार्यक्रम हुने
सन्देश फाउन्डेशनद्वारा सञ्चालित बि–यूनिट क्लब तथा रिकभरिङ नेपालको संयूक्त आयोजनमा चैत्र ३० गते शनिवार भरतपुरमा लागू पदार्थ प्रयोगविरुद्ध सचेतना जगाउने उद्देश्य सहित मोटरसाईकल र्याली हुने भएको छ । भरतपुर महानगरपालिकालाई लागुपदार्थ मुक्त नगर बनाउने उदेश्यले “नशा घर घरको दशा” भन्ने मूल नाराका र्याली गर्न लागिएको हो ।
उक्त र्याली भरतपुर ३ बेलचोकबाट निस्किने मोटरसाईकल ¥याली नगर परिक्रमा पछि जनचेतनामूलक सभामा परिणत हुने फाउन्डेशनका संयोजक दिवाकरराज श्रेष्ठले जानकारी दिनुभयो ।
पछिल्लो समय जनचेतनाको कमीले बढि मात्रामा युवा तथा बिधार्थीहरु कुलतमा फसेर समाजमा बिकृति बिसङगतीहरु प्रचुर मात्रामा बढ्दै गएको भन्दै श्रेष्ठले आँफूहरुको अभियानबाट केहि हदसम्म रोकथाम हुने विश्वास व्यक्त गर्नुभयो ।
फाउन्डेशनको नेतृत्वमा प्रत्येक महिनाको अन्तिम शनिवार मोटरसाईकल र्याली र जनचेतनामूलक कार्यक्रम हुनेछ । यहि चैत्र ३० गते हुने र्यालीमा सहभागिताको लागि श्रेष्ठले सम्पूर्णमा आवहान गर्नुभएको छ ।
यसअघि पनि फाउन्डेशनले भरतपुर महानगरपालिको बिभिन्न वडामा लागुऔषध दुर्व्यसनीको प्रयोगबाट हुने असरको बारेमा चेतनामूलक कार्यक्रम गरेको थियो । बढी मात्रामा बिद्यार्थीहरुले लागुपदार्थको सेवन गर्ने भएकाले आगामी दिनमा बिद्यालय र कलेजमा अभियान चलाउने फाउन्डेशनका संयोजक श्रेष्ठले जानकारी दिनुभयो ।

