अष्ट्रेलियाको संघीय निर्वाचनमा नेपाली मूलका युवा उम्मेदवार
अष्ट्रेलियाको संघीय निर्वाचनमा पहिलो पटक नेपाली मूलका युवा सत्तासीन लिबरल पार्टीका तर्फबाट संघीय निर्वाचनको उम्मेदार बनेका छन्। उक्त पार्टीले सिड्नी निवासी परमेज श्रेष्ठलाई आगामी मे १८ मा हुने संघीय निर्वाचनमा बार्टन क्षेत्रबाट उम्मेद्वार बनाएको हो।
अस्ट्रेलियाको संघीय निर्वाचनमा नेपालीको बाहुल्यता रहेको वार्टन क्षेत्रबाट परमेजलाई उठाउने निर्णय लिबरल पार्टीले गरेकाे हाे । नेपाली समुदायले अस्ट्रेलियाको इतिहासमा पहिलो पटक नेपाली मुलका युवालाई केन्द्रीय संसदमा पुग्ने ठूलो मौकाका रुपमा लिएका छन् ।
बिहीबार बसेको लिबरल पार्टीको न्यूसाउथवेल्स राज्य कार्यसमितिले उनलाई उम्मेद्वारका रुपमा सिफारिस गरेको हो। मूलघर नेपालकाे नवलपरासी रहेका पीजे श्रेष्ठ उपनामले चर्चित परमेज २० वर्ष अघि अभिभावकको साथ अष्ट्रेलिया पुगेकाे बताइएकाे छ।
Facebook Comments

