सिंगापुरमाथि नेपालकाे फराकिलो जित
नेपालले आईसीसी यू–१९ विश्वकप क्रिकेटअन्तरर्गत एसिया क्षेत्र छनोटमा सिंगापुरलाइ पराजित गर्दै विजयी सुरुवात गरेको छ । शुक्रबार भएकाे खेलमा नेपालले सिंगापुरमाथि फराकिलो जित निकालेको छ।
२८३ रनको लक्ष्य पछ्यएको सिंगापुर ३१ ओभरमा अलआउट हुँदै ६५ रनमा समेटिएकाे हाे । नेपालका लागि पवन सरार्फले ३ विकेट लिँदा सूर्य तामाङ र कुशल मल्लले २-२ विकेट लिएका थिए। थप २ विकेट पनि मल्लकै बलमा सिंगापुरका खेलाडी रन आउट भएका हुन् ।
Facebook Comments

