अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर काेरियाका सर्वाेच्च किमकाे पत्राचार

दक्षिण काेरिया र अमेरिकावीचकाे संयुक्त सैन्य अभ्यासकाे विराेध

 उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले अमेरिकी राष्ट्रपतिलाइ दुइ देशवीचकाे वार्ता सूचारू गर्न पत्राचार गरेकाे खुलेकाे छ ।

पत्रबारे जानकारी दिंदै अमेरिकी राष्ट्रपति ट्रम्पले हालै गरिएका क्षेप्यास्त्र परीक्षणलाई लिएर उनले सामान्य क्षमायाचना गरेकाे पनि उल्लेख छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमा अमेरिका–दक्षिण कोरियाली सैन्य अभ्यासको अन्त्यसँगै आणविक निःशस्त्रीकरणका लागि अमेरिकासँग वार्ता सुरू गर्ने बिषय पत्रमा रहेकाे बताउनुभएकाे छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पकाे सन्देशमा किमले आफूलाई एक पत्रमार्फत् क्षेप्यास्त्र परीक्षणबारे उक्त अभिव्यक्ति दिएको जनाइएको हो ।

त्यस्तै, ट्रम्पले पनि पत्रको जवाफमा किमसँग निकट भविष्यमा वार्ता गर्ने पत्रमार्फत् जानकारी गराएको पनि उल्लेख गर्नुभएकाे छ ।

किमकाे लामाे पत्रमा अमेरिका र दक्षिण काेरियावीचकाे महँगो सैन्य अभ्यासको विरोध गरिएकाे छ ।

Facebook Comments