कास्कीमा नेकपाको घरदैलो कार्यक्रम जारी, नेकपा उम्मेदवारलाई विजयी बनाउन आग्रह
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नेकपाका उम्मेदवारलाई मत दिएर विजयी गराउन आग्रह गरेको छ । पोखरा ९ का मतदातामाझ नेकपा नेता एवं उम्मेदवारहरुले जनताको आँसु पुछ्ने, दुखसुखको पार्टी नेकपामात्रै भएको दाबी गरे ।
चुनावी अभियानका क्रममा वडाका विभिन्न ठाउँमा बुधबार उम्मेदवार विद्या भट्टराई सहभागी हुनुभयो । नेकपाले उपनिर्वाचन हुने कास्कीको पोखरा महानगरका ११ वटै वडामा विभिन्न कार्यक्रम गरिरहेको छ ।
विद्यालाई ९४ वर्षीया बालकुमारी पराजुलीले विजयको शुभकामदा दिइन् । पोखरा बसपार्कको कार्यक्रममा नेकपा कास्की अध्यक्ष कृष्ण थापाले विकास, निर्माणका कामको नेतृत्व नेकपा सरकारले गर्ने र सुरु भएका काम पनि छिट्टै पुरा हुने प्रतिवद्धता गर्नुभएको छ ।
बुधबा। वडा नं. ९ का न्युरोड, नयाँबजार, साँघुकोमुख, शान्तिवन, बसपार्क, शुभकामना टोल लगायत विभिन्न ठाउँमा सभा भएका छन् । उम्मेदवार विद्याले जनताका अधुरा सपना पूरा गर्न आफू प्रतिबद्ध भएर लाग्ने बताउनुभयो ।
विद्याको चुनावी घरदैलो अभियान बुधबार पोखरा ९ भीमसेनचोक स्थित सहिद भीमसेन दाहालको शालिकमा माल्यार्पण गरी सुरू भएको छ ।
भूमिहीनलाई चाडै स्वामित्व ः सांसद अधिकारी
पूर्व स्वास्थ्यमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी गण्डकी प्रदेशका सहइन्चार्ज खगराज अधिकारीले नेकप भूमिहीनहरु र आम श्रमजीवीको पार्टी भएको बताउनुभएको छ । साँघुमुखमा आयोजित कोणसभामा नेता अधिकारीले १ वर्षभित्रै सबै भूमिहीनले भूमिको स्वामित्व प्राप्त गर्ने बताउनुभएको हो ।

चुनावी कार्यक्रम अन्तर्गत पोखरा १५ अमिनतारा टोलमा घरदैलो तथा कोणसभा भएको छ । कार्यक्रममा नेकपा कास्की सचिव बखान सिंह तमुले जनताको अधिकारका लागि लड्ने उम्मेदवारको जित निश्चित भइसकेको बताउनुभयो ।
पोखरा १७ मा विभिन्न भेगलाई समेटने गरी नेकपाले ४ वटा निर्वाचन परिचालन कार्यालय स्थापना गरेको छ । निर्वाचन अभियानलाई प्रभावकारी बनाउन कार्यालय स्थापना गरिएको नेकपा १७ अध्यक्ष सुवास ढुंगानाले जानकारी दिनुभयो ।
उपनिर्वाचन लक्षित गरी नेकपा निर्वाचन परिचालन कमिटी पोखरा १६ अभियानमा जुटेको छ । कमिटीले बाटुलेचौरमा कार्यकर्ता भेलाको आयोजना ग¥यो ।
भेलामा नेकपा कास्की इन्चार्ज राजकाजी गुरुङले पार्टीको प्रमुख लक्ष्य देशको समृद्धि रहेको बताउनुभयो । उहाँले कृषि क्षेत्रमा आधुनिकीकरण गरी युवालाई रोजगारी सिर्जना गरिने बताउनुभयो ।
नेकपा उम्मेदवार भट्टराईले समृद्घ नेपालको सपना साकार पार्न पनि आफू चुनावी मैदानमा उत्रिएको बताउनुभयो ।

