लिगलिगकोटमा राष्ट्रिय झण्डा
नेपाल एकिकरणको शुरु भएको गोरखा जिल्लाको लिगलिगकोटमा नेपालको राष्ट्रिय झण्डाको झण्डोत्तलोन गरिएको छ । शाह बंश शुरुवातको ऐतिहासिक थलो लिगलिगकोटमा पृथ्वी नारायण शाहको जन्मजयन्तीका अवसरमा पौष २७ गते पालुङटार नगरपालिकाका मेयर ई.दीपकबाबु कंडेलको बाहुलीबाट झण्डोत्तोलन गरिएको हो ।

झण्डाको उचाई ४० फिट अग्लो रहेको छ । लिगलिगकोटको पर्यटन प्रवद्र्धनमा यसले सहयोग पुग्ने विश्वास गरिएको छ । झण्डा राख्न करिब १० लाखको खर्च भएको पालुङटार नगरपालिकाले जनाएको छ । नगरपालिकाले यो आर्थिक वर्ष लिगलिगकोटको विकासको लागि ५० लाख बजेट विनियोजन गरेको छ ।
नेपालको राष्ट्रिय झण्डाको झण्डोत्तलोन गरि नयाँ संदेश दिन लागिएको लिगलिगकोट विकास अभियानका अध्यक्ष पूर्ण रानाले उल्लेख गर्नुभयो । त्यस्तै लिगलिगकोटमा नै प्रदेशस्तरीय संग्रहालय निर्माण गर्न गण्डकी प्रदेश सरकारले एक करोड रुपैयाँ रकम विनियोजान गरेको छ ।

