विलासी सेवा सुविधाले गणतन्त्र बलियो हुँदैन : काँग्रेस नेता रिजाल
नेपाली कांग्रेसका सांसद मीनेन्द्र रिजालले सरकारले राष्ट्रपति कार्यालयलाई नयाँ दरबारको रूपमा सेवा सुविधा दिन लागेको आरोप लगाउनुभएको छ । राष्ट्रपतिलाई १८ करोडको गाडीमा र डेढ अर्बको हेलिकप्टरमा चढाएर भोगविलासको जीवनमा पूरानो दरबारलाई जित्न खोजिएको रिजालको आरोप रहेको छ ।
नेपाल जे छ जस्तो छ, जनताको आर्थिक अवस्था जस्तो छ, नेपाली जनता त्यही सुहाउँदो राष्ट्रपतिलाई सेवा गर्न चाहने भन्दै उहाँले नयाँ दरबार बनाउने जनचाहना नरहेको जिकीर समेत गर्नुभयो । साथै रिजालले विलासी सेवा सुविधा दिएर मात्र राष्ट्रपति संस्था र गणतन्त्र बलियो नहुने तर्क गनुृभयो ।

बुद्धिजीविलाई लखेटेर थला पार्ने, कर्मचारीलाई तर्साउने, पत्रकारको स्वतन्त्रतामाथि आक्रमण गर्ने, सत्याग्रहीको मानमर्दन गर्ने, संवैधानिक अंगलाई निस्तेज बनाउन प्रधानमन्त्रीको भूमिका रहेको पनि रिजालले आरोप लगाउनुभयो ।
सरकारले संसद छल्न लागेको भन्दै उहाँले संसदलाई छलेर लोकतन्त्र बलियो नहुने टिप्पाणी समेत गर्नुभयो । आयोग नबनाउने, अन्तरप्रदेश समन्वय गर्ने संस्थालाई क्रियाशील नतुल्याउने अनि संघीयता कसरी बलियो हुन्छ ? रिजालको प्रधानमन्त्री समक्ष प्रश्न थियो ।

