१० सेकेन्डमै दाँत सफा हुने विद्युतीय टुथब्रस

अमेरिकाको लास वेगासमा चारदिनसम्म चलेको कन्जुमर इलेक्ट्रोनिक शो (सिआईएस) मा फ्रेन्च कम्पनी फास्टिश (FasTeesH) ले अंग्रेजी अक्षरको वाई (Y) आकारको डिजाइनसहित विद्युतीय टुथब्रस सार्वजनिक गरेको छ |

उक्त टुथब्रसमा १० सेकेन्डभित्रै दाँत सफा गर्ने क्षमता रहेको कम्पनीको दावी छ। कम्पनीका अनुसार यो स्मार्ट टुथब्रसलाई दाँतमा फिट गर्न सकिनेछ र बटन दबाउने बित्तिकै यो भाइब्रेट हुन्छ जसका कारण दाँत सफा हुन्छ । कम्पनीले यसको मूल्य एक सय २५ डलर (करिब १४ हजार रुपैयाँ) तोकेको छ । यसको बिक्रि यसै वर्ष अप्रिलदेखि सुरु हुने बताइएको छ ।

ब्रसका विशेषता

  • अन्य टुथब्रसभन्दा १५ गुणा बढी किटाणु हटाउनेछः
  • यो नयाँ टुथब्रसमा नाइलनका स–साना ब्रिसल्स राखिएका छन् । यो दाँतमा निकै सजिलै फिट हुने तरिकाले डिजाइन गरिएको छ ।
  • यो टुथब्रसमा टुथपेष्ट राखेर पहिलो पाँच सेकेन्ड तलको दाँत र अर्को पाँच सेकेन्ड माथिल्लो दाँतमा फिट गर्नुपर्ने कम्पनीले जानकारी दिएको छ ।
  • दन्त चिकित्सकले दुई मिनेटसम्म दाँत माझ्ने सल्लाह दिइरहेका बेला कम्पनीले भने यो ब्रसले १० सेकेन्डमा नै दाँत सफा गर्ने त्यो पनि १५ प्रतिशत बढी अर्थात् अन्य टुथब्रसको तुलनामा यो स्मार्ट ब्रस १५ प्रतिशत बढी किटाणु सफा गर्न सक्षम भएको कम्पनीको दाबी छ ।  
  • नरम प्लाष्टिकबाट बनेको यो टुथब्रस बच्चादेखि ठूलासम्मको दाँतको ढाँचालाई ध्यानमा राखेर डिजाइन गरिएको छ । यो ब्रशलाई चार्ज गर्नुपर्छ ।

आज हामी जुन डिजाइनको टुथब्रस प्रयोग गर्छौं, त्यो डिजाइन करिब १४ सय वर्षदेखि प्रयोग हुँदै आएको हो । ६१९ इस्वीमा चीनमा टुथब्रसको आविष्कार भएको मानिन्छ । त्यतिबेला चीनियाँ जनता दुईवटा बाँसको कप्टेरोको बीचमा जनावरका रौं राखेर दाँत सफा गर्दथे ।

विभिन्न समयमा टुथब्रसमा केही परिवर्तन भए तर यसको डिजाइन भने कहिले परिवर्तन भएन । अहिले यो नयाँ डिजाइनसहित सार्वजनिक भएको छ । एजेन्सी 

Facebook Comments