पोखराका विभिन्न वडामा भएका चोरीका घटनामा एकै व्यक्ति संलग्न

पोखरा महानगरपालिकाको विभिन्न वडामा भएका चोरीको घटनामा १ जना व्यक्ति मात्र संलग्न रहेको खुलासा भएको छ ।

विगत १ बर्षयता पोखराका विभिन्न वडाहरुमा श्रंखलाबद्ध चोरी भएको थियो । सरकारी कार्यालयमा लामो समयदेखि भइरहेको चोरीमा संलग्नलाई पक्राउ गर्न प्रहरीलाई १ बर्ष कुर्नुपर्यो ।

बुधबार प्रहरीले पोखरा महानगरपालिकाका विभिन्न वडाहरुमा चोरीमा संलग्न रहेको आरोपमा काठमाण्डौंका किशोर थापालाई सार्वजनिक गरेको हो ।

थापा यसअघि पनि २ पटकसम्म चोरी लगायतको केशमा थुनामा बसेर छुटेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

५१ बर्षीय थापाले पोखराका विभिन्न ११ वटा वडामा चोरी गरेको आरोपमा वडा प्रहरी कार्यालय बैदामले पक्राउ गरेको हो ।

पोखरामा गतसालको जेठ ३ गते वडा नं. १२ को कार्यालय चोरी भएको थियो । त्यसपछि वडा नं. १३, ५, ३१, ६, १४, १६, २९ लगायतका वडामा चोरी भएको थियो ।

कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले प्रारम्भिक अनुसन्धानका क्रममा सबै चोरीमा थापाको संलग्नता देखिएको जानकारी दिनुभयो ।

प्रहरीसँग भएका विभिन्न प्रमाण र सिसिटिभी फुटेज हेर्दा घटनामा एक जना व्यक्ति मात्र संलग्न रहेको निष्कर्षमा प्रहरी पुगेको उहाँको भनाई छ । पक्राउ परेका थापाले रातको समयमा चोरी गरेर काठमाण्डौमा चोरीका सामन लैजाने गरेको खुलेको छ ।

प्रहरीले पोखरामा रहेको थापाको डेराबाट चोरीमा प्रयोग हुने मास्क, क्यामेरा, स्क्रू ड्राइभर, पञ्जा, ट्रयाक, टोपी र लागु औषध लगायतका सामाग्री बरामद गरेको छ ।

यसैवीच प्रहरीले थापासँग चोरीको सामान किन्ने काठमाडौं १४ कलंकीमा कम्प्युटर पसल चलाइरहेका ३६ वर्षीय रुपचन्द्र गोपालीलाई पनि प्रक्राउ गरेको छ ।

प्रहरीले गोपालीको पसलबाट चोरीका सामानमात्रै बिक्री हुने गरेको बताएको छ । पोखराका विभिन्न वडाबाट चोरी भएका सामाग्री मध्ये १७ थान कम्प्युटरको मनिटर, ९ वटा सिपियू, ३ वटा ल्यापटप समेत पत्रकार सम्मेलनमा प्रहरीले सार्वजनिक गरेको छ ।

प्रहरीकाे विज्ञप्ति

जिल्ला प्रहरी कार्यालय, कास्की

प्रेस बिज्ञप्ति

११ वडा कार्यालयहरुमा चोरी गर्ने चोर पक्राउ

  • पृठभुमि

जिल्ला कास्की पोखरा महानगरपालिका बिभिन्न ११ वडा कार्यालयहरुमा भएका प्रत्येक चोरीका घटनाको सुक्ष्म रुपमा अध्ययन, वैज्ञानिक उपकरणको प्रयोग गरी चोरीमा संग्लन ब्यक्ति तथा समूहको खोजतलास,निग्रानी गर्नुका साथै चोरी भएका सामानहरु बिक्रि बितरण तथा बनाउने पसलहरु समेतमा समन्यव गरी चोरी गर्ने व्यक्ति तथा समूहको खोजि कार्य तिब्र रुपमा भईरहेको थियो ।

  • घटना बिबरण :-

मिति २०७६।०४।२६ गते वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरीको बिशेष अनुसन्धान टोलीलेजिल्ला कास्की पोखरा महानगरपालिका०६ सहिदचोक स्थित किशोर थापा नाम बताउने व्यक्तिलाई शंका लागि वडा प्रहरी कार्यालय बैदाम कास्कीमा लगी सोधपुछ गर्दा पोखरा महानगरपालिका स्थित रहेका बिभिन्न वडा कार्यालयहरुमा चोरी गर्ने र चोरी गरेका सामानहरु लुकाई छिपाई तथा बिक्रि वितरण गरेकोछु भन्ने कुराप्रारम्भिक अनुन्धानको क्रममा खुल्न आएको  हुदाँ निम्न चोरी तथा चोरी गर्न प्रयोग गरीने सामानहरु सहित बरामद गरी मिति २०७६।०४।२६ गतेबाट लागू हुने चोरी तथा डाँका सम्बन्धी कसुर मुद्दामा सम्मानित कास्की जिल्ला अदालतबाट मुद्दा दर्ता गरी वडा प्रहरी कार्यालय बैदामको हिरासतमा राखि थप अनुसन्धान कार्य जारी रहेको ।

  • पक्राउ परेको व्यक्तिहरुको विवरण:

चोरी गर्ने व्यक्ति

  • नाम : किशोर थापा  वर्ष : ५१ 
  • स्थायी ठेगाना : जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं.११
  • अस्थायी ( हाल ) : जिल्ला कास्की पोखरा म.न.पा.वडा नं.१० कालिकाचोक स्थित डेरा गरी बस्ने ।

चोरीका सामान किन्ने ।

  • नाम : रुपचन्द्र गोपाली  वर्ष : ३६
  • स्थायी ठेगाना : जिल्ला मकवानपुर थाहा नगरपालिका वडा नं. १२
  • अस्थायी ( हाल ) : जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं.१४ कलंकी स्थितमा COMPUTER SOLUTIONपसल सञ्चालक
  • बरामदी सामान :-

(I) कालो रंगको झोलामा लुकाई छिपाई राखेको अवस्थामाआफ्नै कोठामा

८) सेतो रंगको ट्रयाक थान २, ९) निलो जकेट थान २,  १०) निलो टिसर्ट थान १, ११) Proustian लेखेको टोपी थान १, १२) टोपी थान १,  १३) लागू औषध  ब्राउनसुगर २.३६ ग्राम    

१)TOSHIBA ल्यापटप  थान १,

२)ल्यापटपको चार्जर थान १,

३) सोनी क्यामरा थान १,

४) फलामको रड थान २,

५) स्क्रुड्राईभर थान १,

६) कालो पंजा २ जोर,

७)  कालो माक्स थान १,

  • अनुसन्धान पछी खुलेका तथ्यहरु
  • डाका चोरी मुद्धामा काठमाण्डौ केन्द्रिय कारागरामा ५ वर्ष सजाय ( २०४६-२०५१ सम्म )
  • चोरी मुद्दामा केन्द्रिय कारागार मै ३ वर्ष सजाय (२०७१-२०७४ सम्म )
  • वडा कार्यालय चोर्न सजिलो हुने कार्यालयको सुरक्षा गार्डहरु कोही नहुने ।
  • चोरी गरेर नजिकैको बन्दै गरेको (निमार्णाधिन ) घरमा लुकि छिपि बस्ने ।
  • बिहानै काठमाण्डौको बस चढी जेब्रा झोलामा सामान राखी लैजाने ।
  • गाउँमा चोरी गर्न गाह्रो हुने तथा सवारी साधनको पहुँच सजिलै नहुने ।
  • बरामदी सामान पुन पक्राउ :-

जिल्ला मकवानपुर थाहा नगरपालिका १२ घर भई हाल जिल्ला काठमाण्डौ महानगरपालिका १४ कलंकी बस्ने ३६ वर्षिय रुपचन्द्र गोपालीले संचालन गरेको COMPUTER SOLUTION मा चोरीका सामानहरुलगि विक्रि बितरण गरेको भनि अनुसन्धान पछि खुल्न आएको हुदाँ उक्त स्थानमा प्रहरी टोली खटिई गई निम्न चोरीका सामानहरु सहित पसल संचालकलाई पक्राउ गरी थप अनुसन्धान कार्य भईरहेको  ।

निम्न :

१) Acer Intel Core I3 7th Gen लेखिएको CPU थान १,

२) Dell Intel Core I5 7th Gen लेखिएको CPU थान २,

३) HP Intel Core I5 7th Gen लेखिएको CPU थान २,

४) Dell Inspiron 3268 लेखिएको CPU थान १, 

५) Dell Intel Core I3 लेखिएको CPU थान १,

६) Lenovo CPU थान २,

७) Dell LCD Monitor थान ५, 

८) HP LCD Monitor थान ४,

९) Lenovo LCD Monitor थान ३, 

१०)Acer LCD Monitor थान १,

११)Aoc LCD Monitor थान १,

१२)Benq LCD Monitor थान ३,

१३)Latitude D600 पुरानो बेचालु ल्यापटब थान १,

१४)किप्याड/डिस्प्ले स्क्रिन नभएको कालो रंगको ल्यापटब थान १,

१५) MSI CR 420 लेखिएको किप्याड फुटेको बेचालु अवस्थाको ल्पापट थान २

जम्मा Monitor थान १७, CPU थान ९ र ल्यापटब थान ३

  • पोखरा महानगरपालिकाको वडा कार्यालय चोरी भएको विवरण
सिनं. मिति बडा नं रहेको स्थान चोरी भएको सामाग्री
२०७५।०२।०२ १२ माटेपानी Monitor थान १, नगद रु ७००।-
२०७५।०४।२७ १५ कोलपाटन चोक Monitor थान १,  दान पेटीकाको नगद रु १०,०००।-
२०७५।०८।२९ १४ खाल्टेमसिना CPU थान २, Monitor थान २
२०७५।०९।१५ २९ आदर्शचोक CPU थान ४, Monitor थान ४
२०७५।१०।०९ मालेपाटन Laptop  थान २, Monitor थान ३ र CPU थान २
२०७५।११।२३ १३ भद्रकालि Monitor थान ४,  CPU थान २,Printer थान २ , CC Camera थान २, Multipluck थान २ ।
२०७५।१२।०९ १६ वाटुलेचौर CPU थान ३,  Monitor थान २, Laptop थान १,
२०७६।०१।१८ १९ लामाचौर Laptop  थान १
२०७६।०२।२२ ३१ बेगनासताल CPU थान २, Monitor थान २ र Laptop थान १
१० २०७६।०३।१३ २५ हेम्जा CPU थान- २ Monitor थान -३
११ २०७६।०४।२१ लेकसाईड CPU थान-२, Monitor थान-२ रCC Camera थान १

नोट:-सबै वडा कार्यालयहरु रातको समयमा नै चोरी भएका थिए ।

थप जानकारीको लागि

प्र.नि. गणेश सुवेदी

सम्पर्क नं. ९८५६०-३५५१२

मिति : २०७६।०४।२६ गते

Facebook Comments