पोखरामा प्याराग्लाईडिङ दुर्घटना हुँदा चिनियाँ नागरिक घाइते
पोखरामा प्याराग्लाईडिङ दुर्घटना भएको छ । पोखरा प्याराग्लाईडिङ कम्पनीको प्याराग्लाईडिङ ल्याण्ड गर्ने क्रममा दुर्घटनाग्रस्त भएको प्रहरीले जानकारी दिएको छ ।
उक्त दुर्घटनामा परी चिनीयाँ नागरिक ६२ बर्षीय जेसनी यन्हु( JSANY YUNHU ) घाइते भएको बताइएको छ ।
घाइते महिलाको मेट्रोसिटि अस्पतालमा उपचार भइरहेको र घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
Facebook Comments

