पोखरा उद्योग बाणिज्य संघद्वारा न्यूराेडमा भएकाे आगलागीप्रति दुख व्यक्त
पोखरा उद्योग बाणिज्य संघले पोखरा–९, न्यूरोडमा रहेको एस मिनी मार्केटमा (हिजो)मंगलबार भएको भीषण आगलागीको घटनाप्रति दुख व्यक्त गरेको छ ।
संघका सदस्य प्रतिष्ठानहरु तथा अन्य व्यावसायीक फर्महरुमा आगलागीबाट भएको भौतिक क्षतिप्रति संघले दुःख व्यक्त गरेको हो ।
आगलागीले संघका सदस्य प्रतिष्ठानहरु शुभ युनिक होम डेकोर (प्रोपाइटर लीलाधर ढुंगाना), ध्रुव इलेक्ट्रिक वक्र्स (प्रोपाइटर ध्रुबबहादुर थापा) सहित त्यहाँ रहेका विभिन्न व्यवसायीक फर्महरुमा करौडौँको क्षति भएको प्रारम्भिक अनुमान संघले जनाएको छ ।
पोखरा उद्योग वाणिज्य संघ विपद्को यस घडीमा अग्नी नियन्त्रणमा खटिनुहुने वारुणयन्त्रका कर्मचारी, सुरक्षा निकाय एवं सर्वसाधारणप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ ।
संघले भवितव्यलाई रोक्नको लागि आवश्यक सुरक्षाको प्रबन्ध र भवितब्यपछि क्षति कम हुने उपायहरु अपाउनका लागि आवश्यक व्यवस्थापन गनृ माग समेत गरेको छ ।
पोखरामा दमकल कम भएको हो कि भन्ने प्रश्न गर्दै संघका अध्यक्ष दामु अधिकारीले विज्ञप्तिमा पोखराको प्रमुख व्यापारिक केन्द्र न्यूरोडमा आगजनी हुँदा दमकल समयमा पुग्न नसक्नु, समयमा दमकल पुगेको भए क्षती न्यूनिकरणमा सहयोग पुग्न नसकोप्रति ध्यानाकर्षण भएको जनाउनुभएको छ ।
आगलागीबाट पीडितहरुलाई आ–आफ्नो क्षेत्रबाट सघाउन र यथोचित क्षतिपूर्तिको प्रबन्धको संघले माग गरेको छ ।

