आर्थिक अभावका कारण ४ बर्षीया निर्मला चेपाङकाे उपचारमा समस्या
दिदीबहिनी खेल्दाखेल्दै एक्कासी बहिनी निर्मला चेपाङकाे शरिरमा तातो पानी परेपछि ४ बर्षीया बालिका निर्मला चेपाङकाे उपचार दमाैली अस्पताल तनहुँमा भइरहेकाे छ ।
साे अस्पतालमा निशुल्क उपचार भएपनि थप उपचारका लागि पाेखरा या काठमाण्डाै लैजानुपर्ने भएपनि कमजाेर आर्थिक अवस्उथाका कारण परिवारले लैजान सकेका छैनन ।
चार दिन देखि दमौली अस्पतालमा उपचाररत बालिकालाई अस्पतालले थप उपचारका लागी पोखरा लैजान भनिएपनि आर्थिक अभावले लान नसकेको बालिकाकी आमा धनमाया चेपाङ्ले बताउनुभयो ।
चितवन घर भई हालतनहुँको व्यास ११ मामजदुरी गर्दै आएका निर्मलाका बाबु गणेशमान चेपाङ् र आमा धनमाया चेपाङ्ले छोरीलाई बचाइदिन सबैसंग आग्रह गर्नुभएको छ ।
बुबा गणेशमान चेपाङ् एक इट्टा भट्टामा दैनिक मजदुरी गरी कमाएको पैसाले ६ जनाको परीवार पाल्नुपर्ने र छोरीको उपचारमा आर्थिक अभावले थप उपचार गर्न नसकेको बालिकाकी आमा धनमाया चेपाङ्को भनाई छ ।
दमौली अस्पतालमा भने निशुल्क उपचार गराइएको परिवारले जनाएको छ ।
यता दमौली अस्पतालले बालिकाको थपउपचार गर्नुपर्ने हुँदाउक्त सेवा अस्पतालमा नरहेकाले छाला रोग विशेषज्ञ र बाल रोग विशेषज्ञ लगाएतको निगरानीमा उपचार गर्नुपर्ने जनाएको छ ।

