तेल कम्पनीमा ड्राेन हमला

साउदी अरबमा दुईओटा सरकारी तेल कम्पनीमा शनिबार ‘ड्रोन’ हमला भएको छ ।

साउदीको अरामकोकास्थित तेल कम्पनीमा भएकाे आक्रमणका कारण आगोको ठूलो लप्का र धुवाँ निस्किएको थियाे ।

अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुले दोस्रो ड्रोन आक्रमणका कारण कुरिसमा रहेको तेलखानीमा पनि आगो लागेको उल्लेख गरेका छन् । दुवै हमलाबाट लागेकाे आगो नियन्त्रणमा लिइएकाे साउदी अधिकारीहरूले जनाएका छन् ।

उक्त तेल प्रशोधन केन्द्र संसारकै सबैभन्दा विशाल तेल प्रशोधन केन्द्र मानिन्छ ।

आक्रमणमा कसको संलग्नता छ भन्ने स्पस्ट भएकाे छैन । एजेन्सीकाे सहयाेगमा

Facebook Comments