गण्डकी प्रदेशमा माघ १ गते सार्वजनिक विदा
गण्डकी प्रदेशमा माघ १ गते सार्वजनिक विदा हुने भएको छ । माघे संक्रान्ति तथा माघी पर्वको अवसरमा गण्डकी प्रदेश सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

गण्डकी प्रदेश सरकारको पुष २५ गतेको निर्णयबाट माघ १ गते मंगलबार सार्वजनिक बिदा दिने घोषणा गरिएको हो ।
गण्डकी प्रदेश, आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बुधवार सार्वजनिक सूचना प्रकाशित गरि उक्त दिन प्रदेशस्थित सबै शैक्षिक संस्था, सरकारी तथा सार्वजनिक कार्यालय, बैंक तथा वित्तीय सस्था र सार्वजनिक संस्थानहरुमा सार्वजनिक विदा दिने निर्णय भएको जनाएको छ । प्रदेशले बर्षको ६ दिन स्थानीय विदा दिनपाउने प्रावधान अनुसार प्रदेशले विदा दिएको यस अघि गुरुङ समुदायको ल्होसारमापनि गण्डकी प्रदेशले यस प्रदेशमा सार्वजनिक विदा दिएको थियो ।
Facebook Comments

